arrow

लिबियामा पानी जहाज दुर्घटना सातको मृत्यु पाँच सय व्यक्तिको उद्धार – इटालीयन नौसेना

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
99070716_Migrants__2_FOREIGN-large_trans++ZgEkZX3M936N5BQK4Va8RWtT0gK_6EfZT336f62EI5U.jpg.jpeg
रोम । इटालीयन नौ सेनाले बुधबार करिब पाँच सय आप्रवासीको उद्धार गरेको छ ।
 
लिबियाको तटीय क्षेत्रमा आप्रवासीहरू सवार रहेका एक पानी जहाज दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच सयलाई भने उद्धार गरिएको छ । 
 
सो पानी जहाजले आफ्नो यात्रा सुरु गरेको केही समयपछाडि नै सो जहाज दुर्घटनाग्रस्त भएको बताइएको छ । 
 
यसमा क्षमताभन्दा बढी व्यक्ति सवार हुनु नै दुर्घटनाको कारण भएको नौ सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 
 
उक्त पानी जहाजमा सवार रहेका आप्रवासीहरूमा प्रायः महिला र बालबालिका रहेका हुनाले पौडी खेलेर आफ्नो ज्यान बचाउन पनि नसकेका र उद्धारकर्ताद्वारा उद्धार भएको बताइएको छ । 
 
गएको ४८ घण्टाभित्रमा तीन हजारभन्दा बढी आप्रवासीहरू दक्षिण इटाली भित्रिएका समाचारमा बताइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ