arrow

बलात्कार तथा दुव्र्यवहार गर्नेलाई कारबाही गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
bicc.gif.gif
काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
 
उनीहरुले पछिल्लो दिनमा महिला हिंसा बढेको, बलात्कार तथा दुव्र्यवहार गर्नेलाई कारबाही नगरेको, शैक्षिक क्षेत्रमा माफियाकरण र व्यापारीकरण बढेको, शिक्षा क्षेत्रमा विकृति भित्र्याउन सरकारी कर्मचारी नै लागेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे।
 
हावाहुरीका कारण मुलुकका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको तर पीडितलाई राहत दिनेतर्फ ध्यान दिन नसकिएको उनीहरुको गुनासो थियो। भूकम्पपीडित जनताले राहत नपाएको, सरकारी निकायले पीडितलाई राहत दिन तदारुकता नदेखाएको, पीडितलाई दिने राहतमा पक्षपात भएको गुनासो गरे।
 
भूकम्पपीडितलाई ठूला बैंकले राहत वितरण गर्न अनिच्छा व्यक्त गरेको अवस्थामा राष्ट्रिय सहकारी विकास बैंकलाई सो कार्य गर्न दिनसमेत बैठकमा सांसदले आग्रह गरे।
 
यसरी धारणा राख्ने सांसदहरुमा अनिता देवकोटा, अनुराधा थापा मगर, अमरसिंह पुन, अष्टलक्ष्मी शाक्य बोहरा, कमलप्रसाद पङ्गेनी, आङ्टावा शेर्पा, कान्ता भट्टराई, केशव बडाल दिए।
 
यसअघि सांसद जङ्गीलाल रायले मधेसवादी, आदिवासी, जनजातिलगायतले उठाएका माग सम्बोधन गर्न सरकारले ध्यान नदिएको भन्दै संसद्को बैठक बहिष्कार गर्ने जानकारी गराए।
 
सभामुख ओनसरी घर्तीसँग समय मागेर उनले सरकारले आन्दोलनरत पक्षको माग सम्बोधन गर्नेतर्फ ध्यान नदिनु दुःखद रहेको बताए।
 
सोलगत्तै मधेसवादी दलका सांसदहरुले सदनको कारबाही बहिष्कार गर्दै बाहिरिएका थिए। सदनको कारबाही बहिष्कार गर्नेहरुमा सङ्घीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टीलगायत दल सम्बद्ध सांसदहरु दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ