arrow

यस्तो देखियो नेपाली रेल (भिडियो)

logo
निरंजन कुमार साह,  
प्रकाशित २०७७ असोज २ शुक्रबार
nepal-train1.PNG

जनकपुर । कुर्था,जनकपुरदेखि बिहारको जयनगरसम्म सञ्चालन गर्न भारत सरकारसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल जनकपुर आइपुगेको छ । नेपाल रेल्वे कुर्था ,जनकपुरदेखि जयनगरसम्म ३५ किलोमीटर  सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार जनकपुर रेल्वे स्टेसन हुदै कुर्था आइपुगेका हुन् ।

योसँगै जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।  रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको सहभागिता रहेको थियो। 

रेलमा भारतका तर्फबाट कोङ्कर्ण रेल्वे कर्पोरेसनका बीस जना उच्च प्राविधिक रहेका थिए भने नेपाली अधिकारी शुक्रबार बिहानै जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’ पुगेका थिए । त्यहाँबाट भारतीय पदाधिकारीसँगै रेलमा चढेर जनकपुर आएका हुन् ।  भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएका ती रेल जयनगर हुँदै जनकपुर आइपुग्न करिब ४ घण्टा लागेको थियो ।

दुईटै रेल शुक्रबार जनकपुर रेल्वे स्टेसनमा नै रहनेछन्, दुवै मुलुकका उच्च पदाधिकारीको रोहवरमा परीक्षण गरिनेछ, रेल शनिबार पुनः जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’मा पुगेपछि त्यही पार्किङ हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।

कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म दुइटै रेल जयनगरमा राखिने  बताए । रेलको इन्जिन लामो समयसम्म त्यत्तिकै थन्क्याएर राख्न नमिल्ने र बेला बेलामा त्यसको मेकानिकल पार्टसको ‘मेन्टेनेन्स’ गरिरहनुपर्ने भएको र नेपालमा तत्काल त्यो सेवा उपलब्ध नहुने भएकाले जयनगर स्टेसनमा नै पार्किङ गर्नुपर्ने बाध्यता रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

रेल  नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको र नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिको हो । 

नेपाल रेल्वेका साइट इन्जिनियर विनोद ओझाका अनुसार शुक्रबार नवनिर्मित रेलको परीक्षण रहेको र अन्य सम्पूर्ण तयारी पूरा भइसकेपछि विधिवत सञ्चालनमा आउने  बताए।

भारतबाट रेल आउने भएपछि रेल हेर्न बिहानैदेखि जनकपुर रेल्वे स्टेसनमा सर्वसाधारणको भीड लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ