arrow

बाँके प्रशासनको छड्के अनुगमन, भन्सार र यातायातका ३७ कर्मचारी अनुपस्थित

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
banke2.jpg

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज भन्सार कार्यालय र यातायात कार्यालयको छ्ड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा नेपालगन्ज भन्सार कार्यालयका १७ जना कर्मचारी अनुपस्थित भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ। 

भदौ ३० गते भन्सार कार्यालयमा गरिएको अनुगमनमा धेरै जसो कर्मचारी अनुपस्थित हुँदा राजस्व संकलन र सेवा प्रबाहमा समस्या परेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। 

त्यस्तै प्रशासनले असोज १ गते यातायात कार्यालयमा गरेको छड्के अनुगमनमा २० जना कर्माचारीहरु अनुपस्थित हुँदा काममा बाधा पर्नाले सेवाग्राहीहरुले त्यस्ता कर्मचारीहरुलाई कारबाही गर्न समेत अनुगमनमा गएका प्रशासनका अधिकृतहरुलाई आग्रह गरेका थिए।

 यता जिल्ला प्रशासन कार्यालयले सम्बन्धित कार्यालयका प्रमुखहरुलाई स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी कर्मचारीलाई कार्य गराउन अनुरोध गरेको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ