arrow

विश्व बरियातामा बेल्जियम पहिलो

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
belgium4.jpg

जेनेभा । अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेको छ । 

कोभिड–१९ महामारीको कारण छ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अन्तराष्ट्रिय खेलहरू खासगरि यूरोपमा सेप्टेम्बरको सुरूमा पुनः सञ्चालन हुँदैछन् । यूईएफए नेसनल लीग खेल अवरुद्ध रहँदा फुटबलको विश्व बरियता क्रम निर्धारणसमेत प्रभावित बनेको थियो । 

तर अग्रणी चारमा कुनै परिवर्तन भएको छैन  ।  बेल्जियम, फ्रान्स, ब्राजिल र इङ्गल्याण्ड क्रमशः शीर्ष चार स्थानमा नै रहेका छन् । 

पोर्चुगल पहिलो पाँचौँ स्थानमा पुग्न सफल भएको छ भने क्रोएशिया आठौँ र स्वीडेन अठारौँ बरियता क्रममा रहेका छन् ।  

एसियाली मुलुकहरू जापान २८ औँ र चीन ७६ औँ स्थानमा रहेका छन् ।

अन्य देशहरूमा स्पेन पहिलेभन्दा एक स्थान माथि सातौँ र इटाली पनि पहिलेको तुलनामा एक स्थान माथि १२ औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १३ औं स्थानमा रहेको छ । जर्मनी पहिलेभन्दा एक स्थानमाथि १४ औं क्रममा रहेको छ । 

यो अवधिमा रूसले सबैभन्दा ठूलो उपलब्धी हाँसिल गर्दै छ स्थान माथि उक्लँदै ३७ बाट ३१ औँ स्थानमा पुगेको छ भने हङ्गेरी ५२ औँ स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ