महालय श्राद्धको महत्त्व एवं शास्त्रीय आधार

प्रकाशित मिति : २०७७ असोज २ शुक्रबार

काठमाडौं । हिन्दू धर्मशास्त्रमा पितृपक्षलाई ‘महालय’ को नामबाट पनि जानिन्छ । वृश्चिक राशिमा प्रवेश गर्नुपूर्व, जब सूर्य कन्या एवं तुला राशिमा हुन्छ, त्यो काल ‘महालय’ भनिन्छ । यो कालावधिमा पूर्खा यमलोकबाट आएर आफ्नो परिवारको सदस्यको घरमा वास गर्दछन् । त्यसैले शक संवत अनुसार भाद्र कृष्ण प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एवं विक्रम संवत अनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पन्ध्र दिनको कालावधिमा पितृतर्पण एवं तिथिको दिन पूर्खालाई श्राद्ध अवश्य गर्नुपर्छ । यस्तो गर्नाले ‘पितृव्रत’ यथासिघ्र पूरा हुन्छ । त्यसैले यो पक्ष पूर्खाहरुको लागि प्रिय हुन्छ । यस पक्षमा पूर्खाहरुको श्राद्ध गर्नाले उनीहरु वर्षभरि तृप्त रहन्छन् । जुन व्यक्ति पितृपक्षमा केहि कारणवश महालय श्राद्ध गर्न सक्दैन, उसले पितृपक्ष उपरांत सूर्य वृश्चिक राशिमा प्रवेश गर्नु भन्दा पहिला महालय श्राद्ध गर्नुनै पर्छ । पितृपक्षमा पूर्खाहरुको लागि श्राद्ध गर्नुको महत्त्व महाभारतको यो श्लोकले स्पष्ट गर्दछ -

श्राद्धं कन्यागते भानौ यो न कुर्याद् गृहाश्रमी । धनं पुत्राः कुततस्य पितृकोपाग्निपीडनात् ।।
यावच्च कन्यातुलयोः क्रमादास्ते दिवाकरः । शून्यं प्रेतपुरं तावद् यावद् वृश्चिकदर्शनम् ।।

अर्थात कन्या राशिमा सूर्य रहदा, जो गृहस्थाश्रमी श्राद्ध गर्दैनन्, उनीहरुलाई पूर्खाको कोपाग्निको कारण धन, पुत्र इत्यादिमा सजाय प्रप्ति हुन्छ। त्यही प्रकार सूर्य जबसम्म कन्या एवं तुला राशिबाट वृश्चिक राशिमा प्रवेश गर्दैन, तबसम्म पितृलोक रिक्त रहन्छ । पितृलोकको रिक्त रहनुको अर्थ हो, त्यस कालमा कुलको सबै पूर्खा आशीर्वाद दिनको लागि आफ्नो वंशजको समीप आउँदछन् । वंशजद्वारा श्राद्ध नगर्दा, श्राप दिएर जान्छ । अतः यस कालमा श्राद्ध गर्न महत्त्वपूर्ण छ ।

भरणी श्राद्ध
गया गएर श्राद्ध गर्दा जुन फल मिल्दछ, त्यही फल पितृपक्षको भरणी नक्षत्रमा गर्नाले मिल्दछ । शास्त्रानुसार भरणी श्राद्ध वर्षश्राद्ध पश्चात् गर्नुपर्छ । वर्षश्राद्ध भन्दा पहिला सपिण्डीकरण (सपिंडी) श्राद्ध गरिन्छ । तत्पश्चात् भरणी श्राद्ध गर्नाले मृतात्मालाई प्रेतयोनिबाट छोडाउन सहायता मिल्दछ । यो श्राद्ध प्रत्येक पितृपक्षमा गर्नुपर्छ ।

कालानुरूप प्रचलित पद्धतिनुसार व्यक्तिको मृत्यु भएको १२ दिनमा सपिण्डीकरण श्राद्ध गरिन्छ । त्यसैले, केहि शास्त्रज्ञान मतानुसार व्यक्तिको मृत्यु पश्चात् त्यहि वर्ष पर्ने पितृपक्षममा नै भरणी श्राद्ध गर्न सक्छ ।

पितृत्रय अर्थात पिता, हजुरबुबा, जीज्यू बाजे हुन् । मातृत्रय भन्नाले आमा, हजुर आमा, जीज्यू आमा, सौतेनी आमा ।  मातामहत्रय अर्थात आमाको बाबा, हजुरबाबा एवं जीज्यू बाबा । मातामहीत्रय अर्थात आमाको आमा, हजुर आमा एवं जीज्यू आमा । छोरा, छोरी, मामा, भाई, काकी, भतिजी बहिनीहरु, ससुरा, अन्य आप्तजन । यदि श्राद्धकर्ता कसैको शिष्य हो, भने गुरु । श्राद्धकर्ता कसैको गुरु हो, भने शिष्य ।

यी सबैको नाम तथा गोत्रको सूची बनाएर राख्नुहोस् । पितृपक्षमा श्राद्धको समय यसको उपयोग हुन्छ । यो विवरणबाट स्पष्ट हुन्छ, कि मृत्यु पश्चात पनि जीवलाई सुख एवं उन्नतिसँग सम्बन्धित यति गहन अभ्यास केवल हिन्दू धर्मले गरेको छ !

सर्वपित्री अमावस्या
पितृपक्षको अमावस्याको यो नाम हो । यो तिथिमा कुलको सबै पूर्खाको उद्देशित गरि श्राद्ध गरिन्छ । वर्षभरि सदैव एवं पितृपक्षको अन्य तिथिमा श्राद्ध गर्न सम्भव भएन भने, तब पनि यस तिथिमा सबैको लागि श्राद्ध गर्न अत्यन्त आवश्यक छ । किनकि पितृपक्षको यो अन्ततिम तिथि हो । शास्त्रमा बताएको छ कि, श्राद्धको लागि अमावस्याको तिथि अधिक उचित हुन्छ, जबकि पितृपक्षको अमावस्या सर्वाधिक उचित तिथि हो ।

यो दिन प्रायः सबै घरहरुमा कमसे कम एक ब्राह्मणलाई भोजनको निमन्त्रण दिइन्छ । त्यो दिन माछा मार्ने व्यक्ति, ठाकुर, कपडा बुन्ने, इत्यादि जातिहरुमा पूर्खाको नामबाट भातको अथवा आटाको पिण्ड दिइन्छ र आफ्नौ जातिको केहि व्यक्तिहरुलाई भोजन गराइन्छ । यस दिन ब्राह्मणहरुलाई अन्न सामग्री दिने पनि परम्परा प्रचलित छ । पितृपक्षमा ‘श्री गुरुदेव दत्त’ को नामजप अधिकाधिक गर्नाले पूर्खाले गति प्राप्त हुनमा सहायता मिल्दछ । 

परिवारमा कसैको मृत्यु भएमा त्यो वर्ष महालय श्राद्ध नगर्नुहोस्
परिवारमा जुन व्यक्तिको आमा अथवा बुबाको भएको छ, त्यस श्राद्धकर्तालाई उनीहरुको लागि देहान्तको दिनदेखि अगाडि एक वर्षसम्म महालय श्राद्ध गर्न आवश्यकता हुँदैन । किनकि उनीहरुको लागि वर्षभरि श्राद्धकर्म गरिन्छ । श्राद्धकर्ताको छोरा बाहेक अरुहरुको लागि, उदा श्राद्धकर्ताको भान्जा एवं जसलाई सूतक लाग्छ, यस्तो व्यक्तिहरुले आफ्नो बुबाको लागि प्रतिवर्ष जस्तै महालय श्राद्ध गर्नुपर्छ । तर, सूतकको दिनमा महालयपक्ष पर्दा श्राद्ध गर्नुहुदैन । सूतक समाप्त भएपछि आउने अमावस्यामा श्राद्ध गर्नुपर्छ ।

महालय श्राद्धको लागि आमन्त्रित ब्राह्मण
महालय श्राद्धको समय प्रत्येक पूर्खाको लागि एउटा ब्राह्मण हुनुपर्छ । यदि एउटै ब्राह्मण मिल्यो, भने के गर्ने ? त्यस ब्राह्मणलाई पितृस्थानमा बसाएर देवस्थानमा शालिग्राम अथवा बालकृष्ण राख्नुहोस् । आवश्यक संख्यामा ब्राह्मण उपलब्ध भएन अथवा उचित ब्राह्मण मिलेन भने के गर्ने ? यस्तो अवस्थामा देवस्थानमा बालकृष्ण एवं पितृस्थानमा दरभा राख्नुहोस् अथवा दुबै स्थानहरुमा दरभा राख्नुहोस् । यसलाई चट अथवा दर्भबटु (कुशले बनेको कूंची) भनिन्छ । चट राखेर गरेको श्राद्धलाई चटश्राद्ध भनिन्छ । यो श्राद्धमा दक्षिणा पनि दिन्छ ।

सन्दर्भ – सनातन सन्थाको ग्रन्थ – ‘श्राद्ध (महत्त्व एवं शास्त्रीय विवेचन)’ एवं ‘श्राद्ध (श्राद्धविधिका शास्त्रीय आधार)’ हाम्रो सम्पर्क: hjsnepal@gmail.com
महालय श्राद्धको भिडियो 

नयाँ