arrow

संविधान दिवसः संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान

logo
प्रकाशित २०७७ असोज ३ शनिबार
amik-sherchan.JPG

कास्की । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना गरेका छन् । 

यस  दिनले हामी सबैमा समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले जनतालाई राजनीतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आआफ्ना तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागि आह्वान गरेका छन् । 

राष्ट्रिय समृद्धिको प्रमुख बाधक  भ्रष्टाचार र कमिशनतन्त्रविरुद्ध जुट्नका लागि राष्ट्रिय सङ्कल्पका लागि  आग्रह गर्दै उनले कोभिड–१९ को सङ्क्रमणबाट बच्न सजग र सतर्क रहन उनले सन्देशमा अनुरोध गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ