arrow

के गणेशमानलाई संझेर मात्र पुग्ला ? 

logo
सरस्वती भट्ट सरु,
प्रकाशित २०७७ असोज ३ शनिबार
saraswati-bhatta-saru.jpg

नेपाली राजनीति आज पूर्ण अस्वस्थ वनिरहेको छ । राजनीति जस्तो पवित्र समाज सेवाको आधार स्तम्भ आज कमाउ र रमाउ जस्तो भएको छ। हिजोका प्रजातांत्रिक आन्दोलनका सेनानीहरुको योगदान आज मागी खाने भाँडो बनेको छ । त्याग, तपस्या र बलिदान भनेको राजनीतिकर्मीको आदर्श हुनुपर्नेमा दिनानुदिन युवा आलोचना, घृणा र प्रतिशोधको कारक बन्दै गएको छ । 

मिठा र ठूला भाषणबाट देशको आर्थिक सामाजिक र राजनीतिक परिवर्तन संभव छैन । परिवर्तनका लागि स्पष्ट खाका, विषयवस्तुको अध्ययन त्याग समर्पण र विवेक हुनुपर्छ । पदको मोह र प्रतिष्ठा र आर्जनको भोक हुनेले आमुल परिवर्तन गर्न सक्दैन ।

दक्षिण कोरियाका राष्ट्र प्रमुख साइकलमा कार्यालय जाँदै गरेको फोटो साभार गर्ने हामी हाम्रा राष्ट्र प्रमुखको घरको छतमा हेलिप्याड मोहलाई आभार प्रकट गर्न पछि पर्दैनौं । गुण र दोषको आधारमा भन्दा पनि विरोधका लागि विरोध र समर्थनका लागि समर्थन दर तीव्र छ। 

आज हामी विकसित देशका राजनीतिका कुरा गर्छौं । अध्ययन भ्रमण गर्छौं । तर सिकाई शून्य छ । साधारण र सामान्य जीवन शैली राजनीतिकर्मीको आदर्श हुनुपर्नेमा बढप्पन सिद्द गर्ने थलोको रुपमा नेपालको संसद र सांसद पुगिरहेका छन् । 

दक्षिण कोरियाका राष्ट्र प्रमुख साइकलमा कार्यालय जाँदै गरेको फोटो साभार गर्ने हामी हाम्रा राष्ट्र प्रमुखको घरको छतमा हेलिप्याड मोहलाई आभार प्रकट गर्न पछि पर्दैनौं । गुण र दोषको आधारमा भन्दा पनि विरोधका लागि विरोध र समर्थनका लागि समर्थन दर तीव्र छ। 

राष्ट्र राष्ट्रियता जस्तो संवेदनशील कुरा मुडको आधारमा निर्णय गरिन्छ । संसद जस्तो सम्मानित सदन नियतको आधारमा घेराबन्दी हुन्छ । विकास निर्माण र राष्ट्रिय आयोजना मिलेमतो र भागबण्डामा सकिन्छ । हामी यस भित्रबाटै देशको विकास, अमनचयन, सुशासन र सम्वृद्धिको परिकल्पना गर्छौं ।

‘कोर्राको वर्षाले मेरो सहनशक्ति समाप्त भयो । म बेहोस भएँ। कैदखानाका एक सुरक्षा सैनिकले बताएअनुसार त्यसबेला मलाईजस्तै कोर्रा बर्साएको भए कुनै पनि मानिस बाँच्न सक्दैनथ्यो । तर म बाँचें । सुरक्षाकर्मीका अनुसार मलाई कोर्रा बर्साउँदा म चिच्याइरहेको थिएँ । पछि आवाज आएन । एक किसिमले म बेहोस भइसकेको थिएँ । बेहोस हुनुअघि मलाई ६ सय तीन कोर्रा लगाइसकिएको थियो । बेहोस हुँदा पनि कोर्रा लगाउने काम जारी थियो । नेपालको इतिहासमा राणाशासकलाई साहसका साथ तिमी भन्ने शब्दको प्रयोग गर्ने पहिलो व्यक्ति म नै थिएँ ।’ – गणेशमान सिंह 

प्रसंग गणेशमान सिंह स्मृति दिवसको हो । आज विश्व कोविड–१९ को चपेटामा रुमलिएको छ । गत चैत्र ११ गतेदेखि देश प्रायः ठूला सभा संमेलन मुक्त छ । तर कुरा नै गर्नको लागि भने नेताहरुलाई झनै राम्रो पेल्टफर्म प्राप्त भएको छ । दिनदिनैका वाइवर मिटिङले यसलाई पुष्टि गरेको छ। गणेशमान सिंह स्मृति दिवशको दिन २०७७–०६–०२ को दिनमा पनि यस्ता धेरै वाइवर भेला भए । लौहपुरुषको चर्चा गरियो । यस्तो हुनुहुन्थो भनियो । तर म उहाँ जस्तै त्यागी मेहनती,  स्वाभिमानी र निडर लिडर बन्छु भन्ने आभास कहिंकतै भएन । बरु उहाँको चर्चा गर्दै व्याज खानेको होडबाजी नै चल्यो । अझ भन्नुपर्दा जुम बैठक त ग्रुपको विरोध गर्दै ग्रुप बनाउनेको लागि राम्रो अवसर बनेको छ ।

हो म पनि वीर गणेशमान जस्तै साहसिक राजनीतिज्ञ देशले पाओस् भन्ने कामना गर्छु । 

‘कोर्राको वर्षाले मेरो सहनशक्ति समाप्त भयो । म बेहोस भएँ। कैदखानाका एक सुरक्षा सैनिकले बताएअनुसार त्यसबेला मलाईजस्तै कोर्रा बर्साएको भए कुनै पनि मानिस बाँच्न सक्दैनथ्यो । तर म बाँचें । सुरक्षाकर्मीका अनुसार मलाई कोर्रा बर्साउँदा म चिच्याइरहेको थिएँ । पछि आवाज आएन । एक किसिमले म बेहोस भइसकेको थिएँ । बेहोस हुनुअघि मलाई ६ सय तीन कोर्रा लगाइसकिएको थियो । बेहोस हुँदा पनि कोर्रा लगाउने काम जारी थियो । नेपालको इतिहासमा राणाशासकलाई साहसका साथ तिमी भन्ने शब्दको प्रयोग गर्ने पहिलो व्यक्ति म नै थिएँ ।’ – गणेशमान सिंह 

आज हिजोको जस्तो परिस्थिति छैन । फेरि समय परिस्थितिअनुसार आन्दोलन परिवर्तन र विकासका शैली फेरिन्छन् । आजको राजनीतिक एजेण्डा फरक छ । तर आजको आवश्यकता जनभावना र जनचासो को विषयमा जिम्मेवार राजनेता खोइ त ? कि हामीसंग राजनैतिक एजेण्डा नै छैन ? सुवर्ण शमशेर, बीपी कोइराला, गणेशमान सिंह नेपाली राजनैतिक आन्दोलनका धरोहर हुनुहुन्छ । राष्ट्रियता, प्रजातंत्र, समाजवाद र स्वतंत्रता उहाँहरुको लगानी हो जुन आज हामी उपभोग गरिरहेका छौं तर हामीले उपयोग गर्ने कि नगर्ने त ?

नेपाली राजनैतिक आन्दोलनको मुल पहरेदार नेपाली कांग्रेस त यसरी ग्रसित छ भने आफ्नो कुनै इतिहासै नभएर कुनै राजनैतिक एजेण्डा विना शक्ति र सत्ताको उन्मादमा जनभावनाको उपेक्षा गरिरहेको झुट, टुट, फुट र जुटको मन्त्र बाट प्रशिक्षित कम्युनिष्टको कुरा गरेर अझ मष्तिष्कलाई बोझिलो बनाउने साहस रहेन । 

आजको युवा पुस्ता राजनैतिक वितृष्णाले आक्रान्त छ । राजनैतिक जस्तो पवित्र कर्मवादलाई फोहोरी खेलको दर्जा दिँदै पर हट्दैछन् । विरोध वितृष्णा र वैरगमन चरित्र यसको मुख्य कारण हुन् ।

अग्रजको साँचो सम्मान गर्नु छ र युवा पुस्तालाई संगसंगै लैजानु छ भने धनवाद, नातावाद कृपावाद र खुरापात त्यागेर नयाँ विचार, दृष्टिकोण, अनुशासन प्रसस्त सम्भावनाका स्रोत र प्राप्तिको लक्ष्यसहित अगाडि बढ्नुको विकल्प छैन । नेपाली राजनैतिककर्मीमा छिटो सद्बुद्धि पलाओस् भन्दै लौहपुरुष वीर गणेशमान प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।



नयाँ