arrow

जर्मन बुन्डेसलिगा, बायर्नद्धारा आठ गोल, यस्तो छ नतिजा 

logo
प्रकाशित २०७७ असोज ३ शनिबार
bayern3.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे ।

यस्तै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक एक गोल गरे ।

जितसँगै बायर्नले सुखद सुरुवात गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ