arrow

म्यानचेस्टर युनाइटेडलाई पहिलो गासमै ढुङ्गा 

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
EiS-MRmXkAcBGz6.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई पहिलो गासमै ढुङ्गा लागेको छ । युनाइटेड पहिलो खेलमै हार व्यहोर्न वाध्य भएको हो । 

युनाइटेड शनिबार राति भएको सिजनको पहिलो खेलमा  घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३(१ गोल अन्तरले पराजित भएको हो ।

क्रिस्टललाई जित दिलाउन विल्फ्रेड जाहाले दुई गोल गरे । यस्तै एन्ड्रोस टाउनसेन्टले एक गोल गरे ।

युनाइटेडका डेब्यु खेलाडी डोनी भान डी विकले एक गोल फर्काए ।

अन्य खेलको नतिजा–
एभर्टन ५–२ वेष्टब्रोमविच आल्बियन
लिड्स युनाइटेड ४–३ फुल्हम
म्यान्चेस्टर युनाइटेड १–३ क्रिस्टल प्यालेस
आर्सनल २–१ वेष्टह्याम युनाइटेड

अंक तालिका–
एभर्टन, आर्सनल र क्रिस्टल प्यालेस २ खेलबाट ६ अंकसहित शीर्ष तीनमा रहेका छन् । 

१ खेलबाट ३ अंकसहित लेस्टर सिटी, चेल्सी, न्यूकासल युनाइटेड, वुल्भरह्याम्पन र लिभरपुल क्रमशः चौथोदेखि ८ औं स्थानमा छन् । 

लिड्स युनाइटेड २ खेलबाट ३ अंकसहित नवौं स्थानमा छ । अन्य टिमले अंक जोडेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ