arrow

कोरोना भएका पुरुषलाई प्लाज्मा थेरापी र रेम्डिसिभिरले पनि बचाउन सकेन 

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असोज ४ आइतबार
corona-killed-final.jpg

नेपालगञ्ज । बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनीका ५९ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

दुवै फोक्सोमा निमोनिया भएका ती पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार गरेर रेम्डिसिभिर चलाउँदा समेत स्वास्थ्य अवस्था बिग्रिदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि भदौ २० गते भेरी अस्पताल भर्ना गरिएका उनको २० गते नै स्वाब लिइएको थियो । २१ गते उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

नेपालगञ्जका मात्रै ७ जनाले ज्यान गुमाएका छन् । नरैनापुर, बैजनाथ र कोहलपुरका १–१ जनाको पनि मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ