arrow

अनुरागमाथि पनि लाग्यो यौन शोषणको आरोप, अभिनेत्री पायलले गुहारिन् प्रधानमन्त्री मोदीलाई 

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
anurag-kasyap.jpg

काठमाडौं । भारतीय अभिनेत्री पायल घोषले चलचित्र निर्माता अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी छिन् ।

पायलले एक तेलुगू समाचार च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा आफूमाथि अनुरागले गरेको े अत्याचारमाथि छानबिन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नै गुहार मागेकी छिन् ।

उनले सामाजिक सञ्जालमा पनि लेखेकी छिन्, ‘अनुराग कश्यपले मलाई निकै निर्ममपूर्वक जबर्जस्ती गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी कृपया कार्वाही गर्नुस् र देशलाई एक रचनात्मक मान्छेको पछाडि लुकेको राक्षस देखाइदिनुस् । मलाई थाहा छ कि यसले मलाई नोक्सान हुन सक्छ र मेरो सुरक्षामा खतरा हुन सक्छ । कृपया मद्दत गर्नुहोस् ।’

पायलले अनुराग कश्यप आफूसँग जवरजस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपसमेत लगाएकी छिन् । उनले यो घटना आफूसँग सन् २०१४ वा १५ मा भएको पनि बताएकी छिन् । उनले त्यो समय आफू डरले चुप लागेको समेत बताएकी छिन् । 

उनले आफू कामको शिलशिलामा अनुरागलाई भेट्न गएको पनि बताएकी छिन् । 

उनले अनुरागले जवरजस्ती शारीरिक सम्बन्ध राख्न खोज्दा आफू मानसिक रुपले शारीरिक सम्बन्ध राख्न तयार नभएको प्रतिक्रियासमेत दिएको पायलले बताइन् । 

अनुरागले आफूसँग काम गर्ने सबै अभिनेत्रीले शारीरिक सम्पर्क राखेको बताएको पनि पायलले खोलेकी छिन् । 

यता, अनुराग कश्यपकै ट्वीटरमा ट्याग गर्दै पायलले लगाएको आरोपमा अर्की अभिनेत्री कंगना रनौतले रिट्विट गर्दै ‘मिटु’मा ह्यासट्याग गरेर अनुरागलाई गिरफ्तार गर्न माग गरेकी छिन् । 

उनले लेखेकी छिन्, ‘हरेक आवाज महत्वपूर्ण छअनुराग कश्यपलाई गिरफ्तार गरियोस् ।’

पायलको ट्विटलाई रिट्विट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले जानकारी माग्दै लेखेकी छिन्, ‘तपाईं मलाई आफ्नाबारे सबै कुरा पठाउन सक्नुहुनेछ । जसबाट मैलै सबै घटना जान्न सकूँ ।’

अनुरागले भने आरोप झुठो भएको बताएका छन् ।

पायल घोष बंगलामुलकी अभिनेत्री हुन् । उनले बढीजसो कन्नड फिल्ममा काम गरेकी छिन् । बलिउडमा उनले ऋषि कपूर र परेश रावल अभिनित चलचित्र ‘पटेलकी पंजाबी शादी’ –२०१७ बाट डेब्यु गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ