arrow

‘माग पूरा गर्नुको साटो जबरजस्ती अपहरण गर्ने मलाई ?’– डा गोविन्द केसी 

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
dr-govinda-kc3.jpg

जुम्ला  । १९ औं सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती गरेको छ । प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको हो । 

राति १०ः४५ बजेतिर प्रहरीले उनलाई उपचारका लागि भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको हो । 

डा केसीले आफूलाई जबरजस्ती अपहरण गरी अस्पतालमा ल्याइएको भन्दै माग पूरा नगरेसम्म उपचार नगर्ने बताएका छन् । 

उनले भने, ‘माग पूरा गर्नुको साटो जबरजस्ती अपहरण गर्ने मलाई ? म एउटा कुरा भन्दैछु म कुनै पनि उपचार, इन्भेष्टिगेशन्स, मोनिटरिङ म लिनेवाला छैन ।’ 

गत सोमबार भदौ २९ गतेदेखि जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रहमा बसिरहेका उनको स्वास्थ्य बिग्रदै गएको छ । 

सरकारले माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा उनलाई अस्पतालमा भर्ना गरिएको हो । उनले शरीरमा स्लाइनसमेत लिन मानेका छैनन् । डा केसी सरकारसँग आधा दर्जन माग राख्दै १९ औं पटक आमरण अनसनमा बसेका हुन् । 

डा. केसीको माग सम्बोधन गर्न सरकारसँग काँग्रेसको आग्रह

हठयोगमा डा. गोविन्द केसी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ