arrow

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
gold-jewellery.jpg

काठमाडौं । साताको पहिलो आइतबार दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य स्थिर रहेको हो ।

महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँका दरले रहेको छ ।

उक्त मूल्य शुक्रबारका लागि नै तोकिएको हो । तेजावी सुनको मूल्य पनि आइतबार ९६ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आइतबार चाँदीको मूल्य भने घटेको छ ।

महासंघका चाँदीकाे मूल्य अनुसार प्रतितोला १५ रुपैयाँका दरले घट्दै १३ सय १५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँका दरले रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ