arrow

आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै, सन्दीप लामिछाने के गर्लान् ? 

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
sandeep-prithvi-shah.jpg

काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो खेलमा आइतबार  दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे सुरु हुने खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने दिल्लीबाट खेल्लान् कि नखेल्लान् टुंगो छैन । 

सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् । उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन् । तर पहिलो खेलमै खेल्नेमा आशंका गरिएको छ । 

तेस्रो पटक आईपीएल खेल्दै गरेका सन्दीपले पहिलो पटकमा ३ र दोस्रो पटकमा ६ खेल खेलेका थिए । यसपटक धेरै खेल खेल्ने अपेक्षा गरिएको छ । 

सीपीएलमा उनले ११ खेलमा १२ विकेट लिएका थिए । 

शनिबार रातिदेखि सुरु भएको आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हरायो । 

दिल्ली रिक्की पोन्टिङको र पञ्जाब अनिल कुम्लेको नेतृत्वमा देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ