arrow

जनकपुर आएको रेल नेपालले किनेको कि भारतले दिएको?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
nepal-train1.jpg

काठमाडौं । शुक्रबार नेपाल आइपुगेको नेपाली झण्डा रङको रेल भारतका रेल मन्त्रीले नेपाललाई दिएको भन्दै ट्वीट गरेपछि भारतले सित्तैमा दिएको वा नेपाल सरकारले किनेको भन्ने विषयमा द्विविधा उत्पन्न भएको छ।

नेपाल सरकारले ८४ करोड रुपैयाँमा किनेको बताइरहेका बेला भारतका रेलमन्त्री प्युष गोयलले नेपाललाई दिएको भन्दै ट्वीट गरेपछि उक्त रेल किनेको हो वा भारत सरकारले दिएको भन्ने विषयमा द्विविधा उत्पन्न भएको हो ।

नेपाल सरकार (रेल विभाग)ले भारतको चेन्नाईस्थित कोंकण कम्पनीबाट खरिद गरेर बिहीबार जयनगरहुँदै शुक्रबार नेपालको जनकपुर आइपुगेको ट्रेन फेरि पार्किङको लागि भारतनै पठाइएको छ । कोरोना महामारीपछि ट्रन संचालनमा आउने बताइएको छ।

ट्रेन नेपाल आइपुगेपछि भारतीय रेल मन्त्री गोयलले नेपालसँग भारतको पुरानो र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै सम्बन्धलाई नयाँ आयाम दिनका लागि नेपाल सरकारलाई दुई डेमु ट्रेन सेट दिएको उल्लेख गरेका थिए।

त्यसपछि नेपालले रेल आफैं किनेको वा भारतले दिएको भन्ने विषयमा द्विविधा उत्पन्न भएको थियो ।

तर, शनिबार साँझ यसै विषयमा नेपाल सरकारले रेल खरिद गरेको कम्पनी कोंकणले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ ।

कोंकणको विज्ञप्तीमा ५२ करोड ४६ लाख भारतीय रुपैयाँमा नेपाल सरकार रेल विभागले रेल खरिद गरेको र सफलतापूर्वक हस्तान्तरण गर्न पाउँदा खुसी लागेको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ