arrow

कोरोना महामारी विश्वव्यापी आतंक पुष्टी हुन सक्ने ७ आधारहरु

logo
भक्त बहादुर खड्का,
प्रकाशित २०७७ असोज ४ आइतबार
bhakta-bahadur-khadka.gif

यतिबेला कोरोना संक्रमणलाई भयानक विश्वव्यापी महामारीको रुपमा घोषणा गर्ने विश्व स्वास्थ्य संगठन, यसका संरचना र केहि राष्ट्रहरु यसलाई महामारीकै रुपमा प्रमाणित गर्न मरिहत्ते गरिरहेकाछन् भने केहि राष्ट्रहरु, बुद्धिजिवी, जानकार, नागरीक अभियन्ता र सरोकारवालाहरु यसलाई अघोषित विश्वव्यापी आतंक तथा मानव सभ्यतामाथिको खतरनाक योजनाबद्ध र सुनियोजित षड्यन्त्रको संज्ञा दिंदै प्रतिकारमा उत्रिएका छन् ।

यसका वारेमा उपयुक्त धारणा बनाउनु पूर्व महामारी र आतंकका वारेमा बुझ्न उचित होला । महामारी एउटा यस्तो सरुवा रोग हो जुन तिव्र गतिमा ठूलो जनसंख्या र भूगोलमा फैलिने र छोटो समयमै लाखौं मानिसहरुको ज्यान लिई भयावह स्थितीको सृजना गर्ने विशेषता राख्दछ । 

विश्व स्वास्थ्य संगठनद्वारा भयानक महामारीको रुपमा घोषणा गरिएको पछिल्लो नोवल कोरोना भाईरस मानव ईतिहासको स्मालपक्स्, ट्यूवरक्लोसिस्, द प्लेग, मलेरिया, एचआईभि एड्स, स्प्यानिस् फ्लु लगायतका संक्रमणहरुमध्ये असर र मृत्यूदरका आधारमा सवैभन्दा कमजोर भएको स्वतः पुष्टी भईसकेको छ । यसर्थ यस्को हवालामा विश्व आतंकित बनाउँदै बन्दाबन्दीको कोमामा पुराउनेसम्मको महामारी घोषणा हुनु अतिरञ्जित र रहस्यमय  देखिन्छ ।

आतंक र आतंकवाद

एकाईसौं शताव्दी जस्लाई विज्ञान र प्रविधिको यूग भनिन्छ, यस् संगसंगै मौलाएका विकृत स्वरुपहरु भनेका अपराध, भ्रष्टाचार र आतंक हुन । विज्ञान र प्रविधिको चरम विकास गर्न सफल मानव समाज आज यिनै विकृतीहरुको प्रभाववाट आक्रान्त छ । 

बृहद अर्थमा, स्थापित मुल्य, मान्यता, नीतिनियम र मानविय संवेदनशिलताको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उल्लंघन गरी कुनै समुह वा संगठनले आफ्ना निहित राजनीतिक, आर्थिक वा सांस्कृतिक स्वार्थ प्राप्तीका निमित्त अरु माथि भय, त्रास, डर, धाकधम्की, मानसिक तनाव सृजना वा हत्या हिंसा गर्ने कार्यलाई आतंक र यस्तो उद्धेश्य प्राप्तीका निमित्त कार्य गर्ने संगठित संस्था, नियोजित कार्ययोजना र परिचालनको समग्र स्वरुपलाई आतंकवाद भनिन्छ । 

प्रत्यक्ष र अप्रत्यक्ष गरी आतंकवादका दुई स्वरुप हुन्छन् । यि दुई आतंकवाद पनि राष्ट्रिय र अन्तराष्ट्रिय स्वरुपका हुन्छन् । 

आधिकारीक निकायद्वारा आतंकवादी भनि घोषित संगठन वा समुहहरुद्वारा चलाईएका गतिविधिहरुलाई प्रतक्ष आतंकवाद भनिन्न्छ । तर अघोषित आतंकवाद यस्को ठिक विपरित प्रकृतिको हुन्छ । जस्मा कुनै एक समुहले निहित स्वार्थ पुरा गर्न देखावटी रुपमा सामुहिक उद्देश्य र लक्ष्यहरुको वहानामा डरलाग्दो, त्रसित र भयावह स्थितीको सृजना गर्दछ । 

शक्ति राष्ट्रहरुले गोप्य रुपमा कमजोर राष्ट्रहरुमा आतंककारी र बिद्रोही संगठन जन्माएर आर्थिक, सामाजिक, सांस्कृतिक हिंसा भड्काउन प्रेरित गर्ने, सहयोगको वहानामा प्रवेश गर्ने र प्राकृतिक, सामरीक र सुचना स्रोतहरु माथि धावा बोल्ने, विकास र समृद्धीका नाममा भ्रष्टाचार गर्ने, गुणस्तरहिन वस्तु र सेवामा कार्टेलिङ्ग गरी चर्को मूल्य असुल्ने, स्वास्थ्य सेवाका नाममा मानव अंगको अवैध व्यापार र दीर्घरोगी उत्पादन गर्ने, विपद् र महामारी व्यवस्थापनको नाममा भ्रष्ट्राचार र कालोबजारी गर्ने, नीतिगत भ्रष्टाचार गर्ने, सिङ्गो विश्व वा राष्ट्रलाई संकटग्रस्त घोषणा गरी निहित स्वार्थ पुरा गर्ने जस्ता कार्यहरु अघोषित आतंकवादमा पर्दछन् । 
जुन प्रत्यक्ष आतंकवाद भन्दा हजारौं गुणा तेजिला र घातक हुने गर्दछन् । यस्तो आतंकवाद शक्तिको दुरुपयोग र अबैध धनको आडमा खुल्मखुला मौलाइरहेको हुन्छ । किनभने यस्मा साझेदारलाई अप्रत्याशित लाभ र विरोधीलाई मृत्यु दिने सम्मको सामर्थ्य हुन्छ ।

कोरोना संक्रमण महममारी घोषणा गरिएकोमा कसैको आपत्ति छैन तर यस्को  सामना गर्न लागू गरिएका रणनीति, विधि, प्रकृया र मापदण्डहरुका आधारमा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी मेडिकल कर्पोरेट माफिया, ईलाइट वर्ग, नाफाखोरी र कालावजारीहरुको प्रभावमा विश्वव्यापी अघोषित आतंक मच्चाइएको हुनसक्ने सर्वत्र आंकलन गरिएको छ । 

सबैभन्दा ठूलो आर्थिक साझेदार महाशक्ति राष्ट्र अमेरिका लगायतका कैंयन देशहरुले यसलाई भ्रष्ट संस्थाको रुपमा घोषणा गर्दै यसको सदस्यतावाट बाहिरिएका छन् । अमेरिका, बेलायत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, जर्मनी र आयरल्याण्ड लगायत कैंयन राष्ट्रका शहरहरुमा घोषित संकट विरुद्ध विशाल प्रदर्शनहरु भएका छन् भने ४० भन्दा बढि राष्ट्रहरुले कोरोना महामारी सम्बन्धी दिईएका मापदण्डको कुनै न कुनै रुपमा अवज्ञा र वहिस्कार गरेका छन् । 

कोरोना संक्रमण महामारी वा आतंक भन्ने वारेमा उठेका विश्वव्यापी सवालहरुलाई तर्क, तथ्य–प्रमाण, उद्धेश्य र लाभको कसीमा राखेर विश्लेषण गर्नु न्यायोचित हुन्छ । समग्र प्रस्तुत धारणाहरुका आधारमा घोषित कोरोना महामारी विश्व्यापी आतंक हुन सक्ने बलिया आधारहरु यस प्रकार छन् ।

विश्व स्वस्थ्य संगठनको धमिलो विगत

विश्वका मानिसहरुको स्वास्थ्य जस्तो संवेदनशिल जिम्मेवारी बोकेको विश्व स्वास्थ्य संगठनको पारदर्शिता र विश्वसनियतामाथि प्रश्न उठेको यो पहिलो पटक होइन । यस्ले एच–१ एन–१ नाम दिइएको स्वाईन फ्लूलाई सन् २००९, जूनमा विश्वव्यापी महामारी घोषणा गरेको थियो । जस्लाई ४७ राष्ट्रहरुको प्रबुद्घ र शक्तिसाली संस्था युरोपियन संसदद्वारा दिग्गज औषधी तथा भ्याक्सिन उत्पादक कम्पनीहरुको प्रभावमा डरलाग्दो महामारीको रुपमा प्रस्तुत गरी विश्वका मानिस र सरकारलाई आतंकित पारेको तथा परिक्षण नै नगरिएका औषधी तथा एच–१ एन–१ भ्याक्सिन प्रयोगको स्विकृति दिई लाखौं मानिसहरुको स्वास्थ्य जाखिममा पारेको ठहर गर्दै त्यस्को सत्यतथ्य छानविन गर्न सन् २०१० जनवरीमा संकल्प प्रस्ताव नै पारित गरिएको थियो । 
घोषित उक्त महामारी अभियानलाई शताब्दीकै ठूलो औषधी घोटाला काण्ड भएको र त्यसमा बैज्ञानिक, औषधी उत्पादक कम्पनी र विश्व स्वास्थ्य संगठनको त्रिपक्षिय मिलिमतो रहेको समेत दावी गरिएको थियो । 
त्यती मात्र होइन, विश्व स्वास्थ्य संगठनद्वारा सन् २००५/०६ ताका चलाइएको बर्ड फ्लू अभियान पनि यिनै औषधी निर्माता कम्पनीहवाट प्रभावित भएको र चलाईएका औषधी तथा भ्याक्सीनवाट लाखौं मानिसहरुको स्वास्थ्य जोखिममा पारिएको हुन सक्ने दावी समेत गरिएको छ । विगतमा समान प्रकृतिको मुद्दामा छवि धमिलिएकोे विश्व स्वस्थ्य संगठन माथि यस मुद्घामा पनि शंका उत्पन्न हुनु अन्यथा मान्न सकिंदैन । (स्रोतः हेल्थकेयर–इन–यूरोप डट कम) 

कोरोना संक्रमणको सुरुवातमै जालसाँजी

डिसेम्बर, २०१९ देखि चीनको वुहानमा देखापरेको कोराना भाइरस सामान्य फ्लू भएको र यो मानिसवाट मानिसमा नफैलिने भन्दै विश्व स्वास्थ्य संगठनले लामो समयसम्म वक्तव्य जारी गरिरह्यो । त्यो कुरा वासिङ्गटन पोष्टमा अहिले पनि पढ्न सकिन्छ । जव कोरोनाको संक्रमण हजारौं किमी टाढा इटाली र युरोपियन देशहरु पार गर्दै अमेरिका र अन्य महादेशहरुसम्म फैलियो तव मार्चदेखि यस्लाई प्राणघातक र संक्रमित भाईरस ठहर गर्दै महामारी घोषणा गरियो । 

डिसेम्वरको अन्ततिर वुहानमा कोरोना भाईरसको उपचार गरिरहेका एक डाक्टर लि वेन्लीआङ्गले कोरोना भाईरस सार्स जस्तै संक्रमणकारी भएको भन्दै आफ्ना सहकर्मीहरुलाई मेसेज लेखेका थिए । तुरुन्तै उनलाई झुटो अफवाह फैलाएको अभियोग लगाउँदै वुहान प्रहरीले मुख बन्द गर्न निर्देशन दिएको थियो । त्यस पछि उनको रहस्यमय मृत्यु भयो ।

यसवाट विश्व स्वस्थ्य संगठनमाथि गम्भीर दुई प्रश्न उठेका छन् । पहिलो यो संगठन महामारी घोषणा गरी आतंक फैलाउने अभिप्रायका साथ कोरोना मानिसवाट मानिसमा नफैलने देखाएर यस्को संक्रमण विश्वभर फैलाउन चाहन्थ्यो । दोस्रो यो संगठन संक्रमणको समयमा पहिचान र उचित व्यवस्थापन गर्न सक्षम र भरपर्दो थिएन । 

यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनको सवैभन्दा ठूलो आर्थिक साझेदार महाशक्ति राष्ट्र अमेरिकाले कोरोना संक्रमण संसारभर फैलाउन विश्व स्वास्थ्य संगठनले झुटो वक्तव्य दिई जालसाजीपुर्ण भूमिका खेलेको भन्दै यस्को सदस्यतावाट बाहिरिने र आर्थिक सहयोग बन्द गरेको घोषणा गरेको छ ।  

विश्व आतंकित पार्ने अतिरञ्जित प्रस्तुति

संक्रमितको मृत्यूदरका आधारमा विश्व इतिहासको सबैभन्दा कमजोर कोरोना भाईरस संक्रमणलाई भयङ्कर प्राणघातक रोगको रुपमा प्रस्तुत गरिएको छ । भाईरसको प्रकृतिक स्वरुप भन्दा फरक डरलाग्दो स्वरुपमा विम्ब चित्रण गरी सम्प्रेषण गरिएको छ । मोबाईलको रिङ्गटोन, रेडियो, एफएम, टेलिभिजन, पत्रपत्रिका, सरकारी कार्यालय, स्वास्थ्य संस्था वा अन्य कार्यालय वा सार्वजनिक स्थल जताततै कोरोनाकै डरलाग्दा समाचार सुन्न, पढ्न र देख्नु पर्ने, अनिवार्य माक्स र स्यानिटाईजरको प्रयोग, लकडाउन गर्ने, कन्ट्याक्ट ट्रेसिङका आधारमा लक्षण नै नभएका मानिसहरुको पीसीआर टेष्ट गराउने, जसरी मृत्यु भएपनि कोरोनाले मृत्यु भएको देखाउने जस्ता रणनीतिहरु अप्राकृतिक, अव्यवहारिक र अतिरञ्जित छन् । जसले जनमानसमा आतंक र भयावह अवस्थाको सृजना गरि कोरोना बाहेक अरु केहिं सोंच्नै नसक्ने बनाइएको छ ।

स्वास्थ्य विभागका प्रवक्ता र समग्र संचारमाध्यमहरु एकहोरो शंख फुकेर मृत्यूको अनिस्ट संकेत दिने पण्डित जस्ता सावित भएकाछन् । विश्व स्वास्थ्य संगठनले घोषणा गरेको कथित कोरोना महामारीलाई सत्य सावित गर्न यस्ता रणनीतिहरु अवलम्वन गरिएको र यिनको प्रभावकारी कार्यान्वयनका लागि विश्वव्यापी रुपमा विशाल धनराशी खर्च गर्ने वातावरण र संयन्त्रको निर्माण गरिएको छ । जस्को प्रत्यक्ष अप्रत्यक्ष प्रभाववाट लाभान्वित समुह विश्व, राष्ट्र हुंदै स्थानीय तहसम्म कोरोना आतंक फैलाउन उद्यत र क्रियाशिल भएको सहजै अनुभूति गर्न सकिन्छ ।

स्वास्थ्य कमजोर र थकित पारेर मृत्युको मुखमा पुर्‍याउने रणनीति

विश्व स्वास्थ संगठनद्वारा कोरोना संक्रमण नियन्त्रण र संक्रमितको उपचार गर्न अवलम्वन गरिएका रणनीति र विधिहरु मानिसलाई शारिरिक रुपमा कमजोर र मानसिक रुपमा लखतरान पारेर मार्ने खालका छन् । कथित कोरोना संक्रमण नियन्त्रणको नाममा विश्व स्वास्थ्य संगठनद्वारा उर्दीपछि जारी गरिएका लकडाउन, अनिवार्य माक्क र सेनिटाईजर प्रयोग, स्टे होम, क्वारेन्टाइन, आइसोलेसन तथा आफन्तजनसंग भेटघाट, सामाजिक अन्तरकृया र दैनिक कामकाजमा प्रतिबन्ध यस्ता रणनीति हुन जस्ले मानिसहरुलाई न्यूनतम् पौष्टिक आहार, स्वच्छ प्राण वायु र उत्साहित वातावरणवाट वञ्चित गर्दै अस्वस्थता र डिप्रेशनतर्फ धकेलिदिन्छन् । जव उनिहरु विरामी पर्दछन्, पिसिआर टेष्ट गरी कोरोना पोजेटिभ देखाइन्छ, परिवारवाट अलग्याइन्छ र क्वारेन्टाइनदेखि आइसोलेसनसम्म धकेलिन्छ, जतिवेला पौष्टिक आहार, आफन्तको सद्भाव, हेरचाह र उच्च मनोबलको शक्ति खाँचो हुन्छ। यसरी यी रणनीतिले मानिसलाई घुमाउरो बाटोवाट मृत्यूसम्म पुराउछन् र कोरोना संक्रमणवाट मृत्यू भएको खातामा दर्ज गरी कथित कोरोना महामारीलाई सत्य सावित गर्ने दुस्साहस गरिन्छ । यी कार्य सफलताका लागि धनको खोला नै बगाइएको छ ।

पिसिआर परीक्षण अवैध

विश्व स्वास्थ्यले कथित कोरोना महामारी घोषणासंगै टेस्ट–टेस्ट–टेस्ट मन्त्रको रणनीति लियो र आरडिटी र पीसीआर टेस्टलाई बैधता दियो । किनकी टेस्ट–टेस्ट–टेस्टको रणनीतिले धेरै मानिसहरुलाई पीसीआर टेस्टसम्म पुराउने र करिब ४० प्रतिशत सम्म गलत नतिजा दिन सक्ने पीसीआर टेस्टको नतिजावाट संक्रमितको संख्या भयावह देखाई कथित महामारी घोषणालाई सही पुष्टी गर्न सजिलो हुन्थ्यो । फलस्वरुप यो लेख लेख्दासम्म विश्वका करिव पौने ३ करोड मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

संक्रमण भएको ७ दिन पछि मात्र एण्टीवडि विकास हुने र त्यसकै आधारमा भाईरस संक्रमण डिटेक्ट गर्ने आरडिटी परिक्षण शुरुमै कोरोना संक्रमणको परिक्षणमा ल्याइयो । जस्ले संक्रमणको ७ दिन नपुगेकाको नेगेटिभ नतिजा दिन्छ । यो चरम खेलवाड र गलत अभ्यासको जनस्तरवाट चर्को विरोध भएपछि हटाइयो तर पीसीआरले भने निर्वाध रुपमा निरन्तरता पायो ।  

आज विश्वभर जुन पीसीआर टेस्टकिटद्वारा अनुवंशिक जानकारी (आरएनए) पहिचानको आधारमा कोरोना संक्रमण पुष्टी गर्ने गरिएको छ, त्यो ४० प्रतिशतसम्म गलत नतिजा दिने सक्ने मात्रै होईन कोरोना संक्रमण पुष्टी/निदान र उपचार गर्न अवैधानिक ठहरिन्छ । किनकी यस्को निर्यातक बहुराष्ट्रिय कम्पनी क्रियटिभ डाइनोस्टिक्सले प्रोडक्ट सारांशमा शुरुदेखि अन्तसम्म धेरै स्थानमा “यो प्रोडक्ट रिसर्च र क्लिनिकल रिफरेन्स प्रयोजनको लागि मात्रै हो, यसको नतिजाको आधारमा कोरोना संक्रमणको पुष्टी/निदान र उपचार गर्न हुँदैन ।” भनेको छ । 

यसका आधारमा कोरोना संक्रमण पुष्टी गराएर हांसीखुशी परिवारमा एक्कासी रुवावासीको स्थिति सृजना गर्ने, विवेकहिन ढङ्गले समुदाय शिल्ड, लकडाउन र निषेधाज्ञा लागू गरी आतंकित पार्ने र अन्ततः क्वारेन्टाइन, आईसोलसन हुँदै मानिसहरुलाई मृत्यूको मुखसम्म धकेल्ने कार्य स्वतः शंकास्पद् र रहस्यमय देखिन्छ ।

मृत्यु गणना विधि षडयन्त्रपुर्ण

पहिलो, आजसम्म कोरोना सक्रमणको कारणले मात्रै मृत्यू भएको पुष्टी गर्ने कुनै बैज्ञानिक विधि छैन । यो नागरीकस्तरवाट स्वास्थ्य क्षेत्रका विज्ञहरुलाई दिइएको ठाडो चुनौति हो, छ भने सामना गर्दा हुन्छ । 
यसर्थ संक्रमणको पुष्टी तथा उपचार निषेधित पीसीआर टेस्ट नतिजावाट कोरोना संक्रमण पोजेटिभ देखिएकै आधारमा कोरोनावाट मृत्यू भएको प्रमाणित गर्ने गरिएको छ, यो सरासर रहस्यमय र अबैध छ । 

दोश्रो, त्यही पीसीआर टेस्टका आधारमा कोरोना संक्रमण पुष्टी भएको व्यक्ति जुनसुकै कारणले मृत्यू भएपनि र कुनै कारणले मृत्यू भैसकेको व्यक्तिको पोष्टमार्टम रिपोर्टवाट कोरोना पोजिटिभ भेटिएमा कोरोना संक्रमणवाट भएको मृत्यू खातामा गणना गर्ने गरिएको छ । आश्चर्यजनक नेपालमा त घरको छतवाट खसेर मृत्यू भएकोलाई समेत उपचार नै नगरी कोरोना पोजिटिभ देखाइएको छ । यो त एउटा प्रतिनिधि घटना मात्र हो, यस्ता तमाम उदाहरण छन् ।

अर्कातर्फ अस्पतालहरुमा कोरोना टेस्ट नगरेसम्म विरामीको उपचार नै गरिदैन । जस्को कारण कोरोना संक्रमणको ट्याग लाग्ने र मृत्यूको संघारमा पुगिने त्रासले दीर्घरोगिहरु समेत अस्पलात जान छाडेका छन् । जसले स्वास्थ्य क्षेत्रमा कोरोना आतंकको भयावह स्थितिको चित्रण गर्दछ । यो क्रम रोकिएन भने अस्पतालहरुप्रति मानिसहरुको विश्वास समाप्त हुँदै जानेछ । 

त्यस्तै विश्व्यापी रुपमा भएका विभिन्न अनुसन्धानले संक्रमित संख्याको आधारमा मात्रै गरिएको मृत्यूदर गनणा आतंकित पार्ने उद्देश्यवाट प्रेरित गलत र अतिरञ्जित भएको पुष्टी हुन्छ । यसै सन्दर्भमा अमेरिकाको “सेन्टर फर डिजिज् कन्ट्रोल एण्ड प्रिभेन्सन” ले  विश्वव्यापी रुपमा देखाइएको विधमान कोरोनाका कारण भएको मृत्यूदर भयभित पार्ने खालको संज्ञा दिदैं यस्को मृत्यू ०.३ प्रतिशत भन्दा कम रहेको र अन्यको मृत्यु विभिन्न क्रोनिक रोगका कारणवाट भएको रिसर्च रिपोर्ट गत मे महिनामा सार्वजनिक गरेको छ । यता विश्व स्वास्थ्य संगठनका अनुसार भने संक्रमितको मूत्यूदर हाराहारी ३ प्रतिशत देखाइएको छ । 

स्मरण रहोस् विगतमा यो भन्दा सयौं गुणा भन्दा बढी मृत्यूदर प्रमाणित भइसकेका संक्रमणहरुको भन्दा यति थोरै मृत्यूदर भएको कोरोना संक्रमणलाई कैयौं गुणा बढी डरलाग्दो हाउगुजीको रुपमा प्रस्तुत गरिनु र विद्यमान मृत्युदर गणना विधि षडयन्त्रणपुर्ण सावित हुन्छ ।

मृत शब कव्जा रहस्यमय

विश्व स्वास्थ्य संगठनकै भाषामा कोरोना भाइरस मुलतः थुकको छिटा (ड्रपलेट्स) बाट सर्छ । जसबाट बच्न मास्क प्रयोग र भौतिक दुरी कायम राख्नु पर्छ । यो वस्तुहरुको संसर्गबाट पनि सर्न सक्ने भएकोले स्यानीटाइजरको प्रयोग र सावुन पानीले हात धुन भनिएको छ । यदि यसो हो भने मृत शब कब्जा गरेर परिवारजनले दाहसंकार गर्न पाउने सांस्कृतिक अधिकार किन खोसियो ? के मृत शबले थुकको छिटा प्रवाह गर्छ ? या यस्को संसर्गवाट सरेको भाईरसको नाश स्यानीटाइजर र सावुन पानीले गर्न सक्दैन् ? या यस्लाई अग्नीले भस्म गर्न सक्दैन ? दफन नै गर्नु पर्छ ? नागरिक समाजले बाध्य भएर विश्व स्वास्थ्य संगठन र यस्का मतियारहरुसंग यी संवेदनशिल प्रश्नको बैज्ञानिक जवाफ खोजिरहेका छ ।     

होइन भने, यसो गर्नुको पछाडि अवैध पिसिआर टेस्टवाट कथित कोरोना संक्रमण पुष्टी भई मृत्यू भएकाहरुको वास्तविक मृत्यूको कारण कहिंकतै खुल्न सक्ने त्रास र मानव अंगको तस्करी गर्ने उद्देश्य रहेको ठहर्छ ।  

विश्व स्वस्थ्य संगठनले जवरजस्ती संक्रमित र मृत्यू संख्या अधिक देखाई घोषित महामारी सहि सावित गर्न खोज्नु र मेडिकल माफियाहरुले कोरोना संक्रमणबाट मृत्यू भएकाहरुको समेत अंगहरु बेचविखन गरेका घटनाहरु संचार माध्यममा आउनुले यो थप संकास्पद् र रहस्यमय देखिन्छ ।   

भित्री रहस्य के हुन सक्ला ?

यावत विश्लेषणका आधारमा विद्यमान कोरोना प्रकरण विश्वव्यापी आतंक होइन भन्न सकिंदैन । यसलाई न्यायिक फैसलाको सिद्घान्त “कार्य र उद्धेश्य वा अपराध र मनसाय” को आधारमा विश्लेषण गर्दा सामान्य कोरोना भाइरस इफ्लुन्जालाई विश्व आतंकित हुने गरी भयावह रुपमा प्रस्तुत गर्ने कार्य वा अपराध र मेडिकल माफिया र दलालहरुको प्रभावमा औचित्यहिन पीसीआर लगायतका स्वास्थ्य सामग्री र कोरोना विरुद्घको भ्याक्सीनको निर्माण तथा विश्वव्यापी विक्रीवितरणवाट गर्न सकिने खरबौंको आर्थिक घोटाला मनसाय वा भित्री उद्देश्य हुन सक्ने सजिलै अनुमान गर्न सकिन्छ । 

वर्ल्ड जस्टिज प्रोजेक्टका अनुसार मेडिकल सामग्री खरिदकोे विश्वव्यापी भ्रष्टाचार दर २९ प्रतिशत रहेको र कोरोना संकटकालका बेला भ्रष्टाचार निवारण सम्बन्धी निकायहरु निस्कृय तथा बिरोध प्रदर्शन प्रतिबन्धित रहेकाले यस्को दर बृद्धीमा तिव्रता आएको अनुमान गरिएको छ । 

नेपालमा मेडिकल सामग्री खरिद, ओम्नी ग्रुप प्रकरण, पीसीआर परिक्षण शूल्क, क्वारेन्टाइन, आइसोलेसन तथा कोरोना अस्पताल निर्माणमा ठूल्ठूला भ्रष्टाचार भएका हुनसक्ने समाचार सार्वजनिक हुनुले यस्को थप पुष्टी गर्छ । यस अनुसार कोरोना व्यवस्थापनमा भएको हाराहारी ३० अर्ब खर्च मध्ये ९ अर्ब भ्रष्टाचार भएको हुन सक्छ ।

वेलायतको मेल अनलाईनले गत मार्च १८ मा प्रकाशित गरेको समाचार अनुसार कोरोना भ्याक्सिन उत्पादनको हताश दौडमा रहेका दिग्गज कम्पनीहरु मध्ये अक्सफोर्ड यूनिभर्सिटी अन्तरगतको मोडर्ना इङ्कले उत्पादन गर्दै गरेको भ्याक्सिनको अनुमानित प्रतिव्यक्ति मूल्य ४७७ डलर हुनेछ । विश्वका ७ अरव ८१ करोड जनसंख्यालाई भ्याक्सिन दिंदा ३७ खर्ब २५ अर्ब ३७ करोड डलरको कारोबार हुने र मेडिकल क्षेत्रमा हुने भ्रष्टाचारको विश्व प्रवृत्ति अनुसार १० खर्ब ८० अर्ब ३५ करोड डलर घोटाला हुने छ ।

यस् हिसाबले यता नेपालमा २ करोड ९२ लाख जनसंख्यालाई करिव ५५ हजारका दरले भ्याक्सिन दिंदा रु. १६ खर्ब ६ अर्ब खर्च हुने र ४ खर्ब ६५ अर्ब ७४ करोड घोटाला हुने छ । 

अब के होला ?

कथित कोरोना महामारी डरलाग्दो घोटाला भएको ठहर गर्दै विश्वव्यापी रुपमा यस्को प्रतिकार भैरहेको बर्तमान परिप्रेक्षमा पीसीआर टेस्ट, सम्पर्क पहिचान, मास्कको अनिवार्य प्रयोग, क्यारेन्टाईन, आईसोलेसन, लकडाउन तथा निषेधाज्ञा जस्ता कार्यहरु तत्काल खारेज गरी हालसम्म जनजीवन कष्टकर बनाएकोमा विश्व स्वास्थ्य संगठन र यस्का अनुसरणकर्ताहरुले आममाफी माग्दै जनजिवन सुचारु गरी यस्को शान्तिपुर्ण अवतरण गर्नु उच्चतम् उपाय हुन्छ ।  

अन्यथा यस्का बिरुद्ध विश्वव्यापी रुपमा जनसागर उर्लने र सडकवाटै विश्व स्वास्थ्य संगठनलाई संसारकै भिमकाय आतंकवादी र भ्रष्ट संस्थाको रुपमा घोषणा गर्दै यस्का मतियार राष्ट्र सरकारहरु समेत फालिने प्रवल संभावना छ ।

यदि यि दुवै कार्य असफल भएमा विश्वभरका मानिसहरुमा कोरोना भ्याक्सिन घोचिने छ र यस घोटालाका हिस्सेदारहरुले तीन पुस्ताको निन्द्रा र चयन छिन्ने गरी अकुत धन कमाउँदै कथित कोरोना महामारी अन्तको विजय उत्सव मनाउनेछन् ।

लेखक यिनै विचारहरुको प्रस्तुतिसंगै विश्वमाता र यसको अरबौं मानव सन्ततीलाई चरम मानसिक यातना र पिडा दिएर जन्मदै गरेको कथित कोरोना सुई आफ्नो पवित्र शरिरमा नघोचाउने घोषणा गर्दछ ।  
(लेखक पुर्व बैंकर तथा तिलोत्तमा बुद्घज्योति लायन्स क्लवका चाटर्ड प्रेसिडेण्ट हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ