arrow

दोस्रो विवाहको लागि महेश भट्टले गरे धर्म परिवर्तन, छोरीसँग विवाह गर्ने भनेपछि विवाद !

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
mahesh-bhatta.jpg

काठमाडौं ।  महेश भट्टले बलिउडमा धेरै हिट फिल्महरूका साथै नयाँ अनुहारहरू पनि दिएका छन् । हाल सालै उनले फिल्म 'सडक २'  निर्देशन गरेका थिए । महेश भट्टे आफ्नी छोरी पुजा भट्ट, आलिया भट्ट र सञ्जय दत्तसंग यो फिल्म बनाएका थिए ।

महेश भट्ट २० सेप्टेम्बरमा आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन्। २० सेप्टेम्बर १९४८ मा जन्मिएका महेश भट्ट व्यवसायिक जीवन बाहेक नीजि जीवनको बारेमा पनि धेरै चर्चा हुने गरेको छ । उनले आफ्नो जीवनमा थुप्रै उतार-चढाव देखेका छन् ।

कयौं पटक उनको नाम विवादास्पद पनि बनेको थियो। महेश भट्टका आमाबुबाको बिहे कहिले पनि भएको थिएन। यसले उसको जीवनमा प्रभाव पारेको थियो। त्यसकारण उनले आफ्नो जीवनमा पनि विवाहलाई बढी महत्त्व दिएनन। महेशकी आमा मुस्लिम र बुबा हिन्दू थिए । उनि सधैं आफ्नो बुबादेखि टाढा रहे ।

जब महेश कलेजमा थिए, उनको लोरेन ब्राइट नामकी केटीसँग प्रेम भयो। विवाह पछि लोरेनको नाम किरण भट्ट राखियो। किरण पूजा भट्ट र राहुल भट्टकी आमा हुन्। फिल्म बनाउने क्रममा उनको परवीन बबीसँग अफेयर थियो। यसले उनको पहिलो विवाहमा फाटो ल्यायो। केही समयपछि परवीनसँगको उनको सम्बन्ध पनि बिग्रियो।

यस पछि, सोनी राजदान महेशको जीवनमा आइन् । किरण र महेश भट्टको सम्बन्धविच्छेद भएको थिएन तर उनले सोनीसँग विवाह गरे । महेशले यस विवाहको लागि मुस्लिम धर्म स्वीकारेका थिए । महेश हाल मुस्लिम हुन् । सोनी आलिया र शाहीन भट्टकी आमा हुन् । यति मात्र होइन, महेश आफ्नी छोरीलाई लिएर विवादको शिकार भइसकेका छन्।

महेश भट्टले आफ्नी छोरीको बारेमा भनेका थिए कि पूजा भट्ट उनकी छोरी नभएको भए उनले उनीसँग बिहे गर्ने थिए । यद्यपि यो भनाइ महेशले कुनै गलत अभिप्रायले दिएको थिएन, तर मानिसहरूले उनको भनाइ ठिक लागेन र महेश धेरै आलोचित बने । उनले स्टारडस्ट पत्रिकाका लागि पूजा भट्टसँग किस गर्दै गरेको फोटोशूट पनि गरे जुन धेरै विवादमा रह्यो।

धेरै विवाद भए पनि महेशले त्यसलाई गम्भीर रूपमा लिएनन् । महेश भन्छन्, ' सम्बन्धले भावनाहरूको कपडा लगाएको छ, त्यसलाई समाजको आँखाबाट देख्न सकिदैन। म आफ्ना छोरीहरुमा मेरो आमालाई देख्न सक्छु र एक राम्रो साथी पनि।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ