arrow

संचार गृहमा आक्रमण बारे अध्ययनका लागि महासंघको मिसन टोली धनगढीमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ असोज ४ आइतबार
mahasang-kailali.jpg

धनगढी । सुदुर पश्चिमको धनगढी स्थित संचार गृह र पत्रकारमाथि गरिएको आक्रमणबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली धनगढी पुगेको छ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली घटना सम्बन्धी अध्ययनका लागि आज बिहान धनगढी पुगेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले बताए ।

महासंघको मिसन टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली शाखाका अध्यक्ष लगायत सहभागी छन्।

टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायत सँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ।

मिसन टोलिले दिउँसो २ बजे नेपाल पत्रकार महासंघ कैलाली शाखामा पत्रकारसँग  छलफल गरेको थियो । 

पत्रकार महासंघले पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे स्थलगत अध्ययनका लागि महासंघको अध्ययन टोली धनगढी पठाएको हो।

मिसन टोलीले दिनेश एफएमका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटना सहित कैलालीमा भएका प्रेस स्वतन्त्रता हननका घटनाहरूबारे स्थलगत अध्ययन गर्ने जनाईएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ