arrow

एनआईसी एशिया बैंकमा कर्जाको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
PR_on_Loan_Application_through_Khalti_.jpg

काठमाडौं । एनआइसी एसिया बैंकले सुपर चमत्कारिक कर्जाको आवेदन खल्ती एपबाट गर्न सकिने सुविधा दिएको छ ।

आफ्ना ग्राहकहरुलाई सुविधा विस्तार गर्ने क्रममा एनआइसी एसियाले डिजिटल भुक्तानी प्रदायक खल्ती एपबाट कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

सहज तथा सबल बैंकिङ्गको मूल सिद्घान्तको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू उपलब्ध गराउने क्रममा खल्ती डिजिटल वालेटमार्फत आफ्ना चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको जानकारी गराएको हो ।

यस कर्जा योजना अन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरिएको एनआइसी एसिया बैंकले जानकारी गराएको हो ।

साथै यस बैंकको मोबाईल बैंकिङ्ग (मो– ब्याङ्क) सुविधा उपभोग गरिरहेका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा १४ आश्विन २०७७ सम्म ५० रुपैयाँ नगद उपहार प्राप्त गर्न सक्ने व्यवस्था पनि बैंक्ले गरेको छ ।

खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।

डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले सेवागत क्षेत्रमा समेत ग्राहक महानुभावहरूलाई सहजता पु¥याउने उद्देश्यसहित खल्ती डिजिटल वालेटसँग पछिल्लोपटक कर्जाको आवेदन दिन सकिने सहकार्य गरेको हो ।

यस वालेटका प्रयोगकर्ताहरूले वालेटभित्र रहेका यस बैंकको सुपर चमत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफुलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।

आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएसबाट जानकारी गराउने बैंकले जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ