arrow

डा केसीको स्वास्थ्य स्थिति नाजुक, माग सम्बोधन गर्न आग्रह

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
dr-govinda-kc-19th-strike.jpg

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवम् परिवर्तनका लागि जुम्लामा अनसन बस्नु भएका डा.गोविन्द केसीका जायज माग हालसम्म सरकारले सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।  
 
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार एक विज्ञप्तिमार्फत अनसनका कारण उनको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उनको मागलाई वेवस्ता गर्नु दुःखद भएको उल्लेख गरेका छन् ।

 कांग्रेस संसदीय दलले सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ