arrow

श्रीकृष्णले द्वारिका नगरी बसाउनु पछाडिको कारण

logo
कथा,
प्रकाशित २०७७ असोज ४ आइतबार
srikrishna.JPG

काठमाडौं । एक पटक भगवान श्री कृष्णले रुक्मिणीसँग भन्नुभयो, 'रुक्मिणी तिमि त निकै रुपवती छौ र म त भगौडा हुँ। राजाहरुले हामीलाई बस्न दिएनन् तब हामी गएर आफ्नो द्वारिका बसायौं।'  

तब रुक्मिणी रुदै भन्छिन्,' प्रभु तपाई यस्तो किन भन्दै हुनुहुन्छ ? यो त तपाईको महान कृपा हो यस दासीलाई तपाईले अपनाउनुभयो।  हे प्रभु मेरो त बस एकै कामना छ कि मलाई जन्म जन्म श्री चरणकमलको सेवा गर्ने अवसर प्राप्त भइरहोस ।'

भगवान श्रीकृष्णको पालन पोषण गोकुलमा भएको थियो र उहाँले द्वारिकामा गएर राज्य बसाउनुभयो। यसको धेरै राजनीतिक कारण पनि हुनसक्छ किनभने श्रीकृष्ण ठुलो राजनीतिज्ञ पनि हुनुहुन्थ्यो। देशमाथि विदेशी आक्रमण पनि हुनसक्ने आँकलन पछि उहाँले द्वारिकामा नगरी बसाउनुभयो। एक निकै ठुलो बंदरगाह त्यहाँ बनाउनुभयो जसको अवशेष आज पनि भेटिदै आएको छ ।

साथै यसको पछि आध्यात्मिक कारण पनि थियो । जे चीज सुलभ पाइन्छ, त्यसलाई मानिसले चाडै भुल्छ। तर जुन चीज सजिलै पाइदैन त्यसलाई खोजी रहन्छ, पटक पटक त्यहि कुराको याद गरिरहन्छ।

भगवान श्रीकृष्ण गोपी गोपीनीहरुको बिचमा रहनुहुन्थ्यो पछि उनिहरुलाई छोडेर टाढा द्वारीकामा यसकारण पुग्नुभयो किनभने उहाँलाई थाहा थियो कि गोपीनीहरुको बिचमा रहनाले यी गोपीकाहरु मेरो याद गर्नेछैनन् ।

यी भक्ति र सुमिरण गर्ने छैनन्। तर यदि म टाढा गए यिनिहरुले मेरो याद गरिरहन्छन् सुमिरण गरिरहन्छन्। सुमिरण गर्नाले नै यिनिहरुको कल्याण हुनेछ, उद्दार हुनेछ । भन्नुको मतलब सुमिरण हरेक व्यक्तिलाई प्रत्येक घडि हर स्थितिमा अति आवश्यक छ। बिना सुमिरण हाम्रो कल्याण हुनसक्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ