arrow

सन्दीप सम्मिलित दिल्लीको कमाल, सुपर ओभरमा जित 

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
delhi-capticals.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले कमालको प्रदर्शन गरेको छ । दिल्लीले आफ्नो पहिलो खेलमा आइतबार राति किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा हराएको हो ।
कागिसो रबाडाले सुपर ओभरमा २ रन दिएर २ विकेट लिएपछि पंजाबले जम्मा २ रनमात्र बनाउन सक्यो । यो इतिहासकै सुपरओभरमा सबैभन्दा कम रन हो । 

त्यसैगरी रबाडाले रेकर्ड बनाए । उनले सबैभन्दा कम रन दिने रेकर्ड बनाएका हुन् । 

केएल राहुल २ र निकोलस पुरन बिना रनमा आउट भए । जवाफमा दिल्लीले तीन बलमा लक्ष्य पूरा गर्यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । 

यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले ८ विकेटको नोक्सानीमा १५७ रन बनायो । 

पञ्जाबका लागि मयंक अग्रवालले ८९ रन बनाए । दिल्लीका रबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले २–२ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको नोक्सानीमा गुमाएर १ सय ५७ रन बनाएको थियो । मार्कुस स्टोनिसले नटआउट ५३ रनको पाली खेलेका थिए । कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए । 

दिल्लीविरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रदर्शन गरे । मोहम्मद सामीले ३ विकेट लिए । सेल्डन काटरेलले २ विकेट लिएका थिए । 

अहिलेसम्म दुई खेल भए । पहिलो खेलमा चेन्नई सुपर किंगसले मुम्बई इन्डियन्सलाई ५ विकेटले हरायो । दोस्रो खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हरायो । 

सन्दीप बेन्चमा
दिल्लीबाट तेस्रो पटक आइपीएल खेल्न युएई पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने मैदानमा उत्रन पाएनन् । उनी बेन्चमा थन्किए । 

उनी अबका खेलहरुमा सहभागी हुने अपेक्षा गरिएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप युएई गएका हुन् । 

उनले सीपीएलमा ११ खेलमा १२ विकेट लिएका थिए । 

आईपीएलमा पहिलो खेलमा ३ र दोस्रो खेलमा ६ खेल खेलेका सन्दीपले यसपटक त्यो भन्दा बढी खेल खेल्ने अपेक्षा पनि गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ