arrow

प्रिमियर लिगमा लिभरपुल सामु चेल्सी घरमै निरीह, यस्तो छ नतिजा 

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
liverpool-chelsea1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शानदार प्रदर्शन गर्न सफल भएको छ । लिभरपुलले चेल्सीलाई उसकै मैदान स्टामफोर्ड ब्रिजमा २–० गोल अन्तरले हरायो । 

दुवै गोल साडियो मानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि त्यसको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

दोस्रो हाफ १० खेलाडीमा सिमित बनेर खेलेको चेल्सीले ५० र ५४ औं मिनेटमा गोल खायो । 

७५ औं मिनेटमा योर्गिन्होले पेनाल्टी हान्ने अवसर पाए पनि चेल्सीलाई गोल दिलाउन सकेनन् । 

यो जितसँगै लिभरपुलले ब्याक टु ब्याक दोस्रो उपाधिका लागि आफूलाई उभ्याउन थालिसकेको छ । 

नयाँ सिजनका लागि खेलाडी खरिदमा मोटो रकम खर्च गरेको चेल्सीका प्रशिक्षकमाथि प्रश्न उठ्न थालेको छ । 

अन्य खेलको नतिजा 
साउथह्याम्पटन २–५ टोटनह्याम हट्सपर (ह्युङ मिन सन– ४ गोल, ह्यारी केन–१ गोल)
न्यूकासल युनाइटेड ०–३ ब्राइटन एन्ड होभ आल्बियन
लेस्टर सिटी ४–२ बर्नली 

अंक तालिका–
दोस्रो चरणको खेल चलिरहँदा ६ अंकसहित लेस्टर, एभर्टन, आर्सनल, लिभरपुल र क्रिस्टल प्यालेस क्रमशः पहिलोदेखि पाँचौं स्थानमा छन् । 

टोटनह्याम, वुल्भरह्याम्पटन, ब्राइटन, लिड्स, चेल्सी, न्यूकासलको समान ३ अंक छ । 

अन्य टिमले खाता खोल्न सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ