युभेन्ट्सको सहज जित, रोनाल्डोको गोल

प्रकाशित मिति : २०७७ असोज ५ सोमबार

काठमाडौं । इटालियन सिरि ए फुटबलको डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले नयाँ सिजनमा सुखद सुरुवात गरेको छ ।

आइतबार राति टुरिनमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ३–० गोल अन्तरले हराएको हो ।

डेजन कुलुसेवस्की, लियोनार्दो बोनुची र क्रिष्टियानो रोनाल्डोले १–१ गोल गरे । पहिलो गोलका लागि असिष्ट गरेका रोनाल्डोले खेल सकिन दुई मिनेट बाँकी छँदा गोल थपेका हुन् । 

अन्य खेलको नतिजा
पार्मा ०–२ नापोली
गिओना ४–१ क्रोटोन
ससुलो १–१ काग्लिआरी

नयाँ