arrow

अनुदानमा किसानलाई आएको ट्याक्टर नेकपाका नेता खुमबहादुरले लगाए ठेक्कामा

कृषि समूहमा सदस्यहरु नै अनभिज्ञ, किसान रुष्ट

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
khum-bahadur-rukum-nekapa.jpg

रुकुम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिम जिल्ला समिति सदस्य खुमबहादुर खड्काले आफ्नो गाउँका किसानहरुका लागि अनुदानमा आएको ट्याक्टर ठेकेदारलाई ठेक्कामा दिएर निजी लाभ लिँदै आएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई तरकारी बीउ जोनको आब ०७७–७८ को स्वीकृत कार्यक्रम बमोजिम ५० प्रतिशत अनुदानको ट्याक्टर चौरजहारी नगरपालिका वडा नं ५ को धुलिखेत कृषक समुहलाई आएको थियो । 

समूहका अध्यक्ष एग्गेबहादुर खड्कालाई परियोजना कार्यान्वयन इकाइ चौरजहारीका कार्यालय प्रमुख परशुराम अधिकारीले गत जेठ १३ गते हस्तान्तरण गरेका थिए । 

सो ट्याक्टर अनुदानमार्फत कृषक समूहलाई प्राप्त हुने र त्यसका लागि समूहले ५० प्रतिशत रकम योगदान गर्नुपर्ने कार्यविधि छ । 

तर असार १५ गते निर्माण व्यवसायी प्रबिर डाँगीसंग कृषक समूहका अध्यक्ष एग्गेबहादुर खड्काका छोरा तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमका जिल्ला समिति सदस्य खुमबहादुर खड्काले दैनिक दुई हजार रुपैयाँ खुद रकम प्राप्त गर्ने गरी सम्झौता गर्दै लाभ लिएका छन् । 

निर्माण व्यवसायी प्रबिर डाँगीसँग कृषक समूहको ट्याक्टर किन ढुङ्गा बोक्ने काममा लगाएको भन्ने प्रश्नमा उनले आफूकहाँ ट्याक्टर काममा लगाइदिनु पर्यो भनेर खुमबहादुर खड्का आएको र आफूले अनुदानमा आएको समूहको ट्याक्टर कसरी काममा लगाउने भनेर प्रश्न गर्दा अनुदान समूहको नाममा आएको भए पनि कृषकहरुलाई थाहा नभएको बताएका थिए । 

कृषकको तर्फबाट योगदान गर्नुपर्ने ५० प्रतिशत रकम आफू एक्लैले योगदान गरेको हुँदा ट्याक्टर आफ्नै भएको र दावी अरुले गर्न नसक्ने भएकोले केही फरक नपर्ने आश्वासन खड्काले दिएकाले आफूले काममा लगाइदिएको जवाफ निर्माण व्यवसायी डाँगीले दिएका छन् । 

यता समूहका सदस्यहरु भने अनुदान प्राप्त गरेको बिषयमासमेत अनभिज्ञ छन् । उनीहरुले त्यो ट्याक्टर खुमबहादुरको आफ्नै भएको भन्ने बुझेको बताए पनि आफूहरुको नाममा ल्याएर लाभ लिएकोमा भने रुष्ट छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ