arrow

कैदीबन्दीको कोरोनाबाट गयो ज्यान

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असोज ५ सोमबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा कोरोना भाइरस संक्रमणबाट एक कैदीबन्दीको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट ४ सहारेका ५८ बर्षीय कैदीबन्दीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या रहेका ती कैदीबन्दीलाई उपचारका लागि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो । 

कर्तव्य ज्यान मद्दामा उनले कारागारमा सजाय भुक्तान गरिरहेका थिए । उनको भदौ २१ गते स्वाब लिइएको थियो । सोही दिन उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

२२ गते अस्पताल भर्ना भएका उनको सोमबार बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

त्यस्तै बाँके जिल्लामा बाहिर जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या भने ४ पुगेको छ । यसअघि कैलाली, अछाम र अर्घाखाँचीका १–१ जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ