arrow

ताप्जेजुङकी महिलाको शिक्षण अस्पतालमा कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
woman-dead-body.jpg

विराटनगर । कोरोना संक्रमित एक महिलाको  मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।  

ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए । 

उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको  सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।  

उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ