arrow

यसकारण विवाहित सैफसँग करीनाले गरिन् विवाह

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
saif-kareena2.jpg

काठमाडौं । अभिनेता सैफ अली खान र करीना कपूर खान बलिउडका चर्चित जोडि मध्येका एक मानिन्छन् । सैफ अली खान र करीना कपूरको विवाह भएको ८ बर्ष भन्दा ज्यादा भएको छ । दुवैले सन् २०१२ मा विवाह गरेका थिए ।   सैफ अली खान र उनकी पत्नी करीना कपूर खानबिचको लगाभ राम्रैसँग देख्न सकिन्छ । सार्वजनीक कार्यक्रम र अवार्ड फंक्शनमा पनि दुवैलाई एकै साथ देख्न पाइन्छ ।

सोमबार करीनाको ४० औँ जन्मदिन हो । २१ सेप्टेम्बर १९८० मा जन्मिएकी करीना कपूर  प्राय सैफ र आफ्नो सम्बन्धका बारेमा कुरा गरिरहन्छिन् । करीनाले सैफसँग डेटिंगको बिषयमा खुलासा गरेकी थिइन् । करीनाले लेखिन् , ' म भाग्यमानी हुँ कि मेरो आसपास सधै मलाई चाहने मानिसहरु रहे । उनिहरुले सधै मलाई सपोर्ट गरे। जब मलाई म गरिरहेको छु भन्ने लाग्यो , तब सैफले मलाई सम्हाले।'

करीना कपूरले सैफ अली खानसँ सन् २०१२ मा विवाह गरिन् । उनीहरुको फिल्म 'टशन' को सुटिङका क्रममा प्रेम बसेको थियो । सो समय करीना सैपका लागि पागल बनेकी थिइन्  । सैफ करीनाभन्दा १० बर्ष जेठा छन् । उनका दुई सन्तान पनि छन् ।

करीनाले बताइन् , ' मैले सैफसँग कयौ पटक भेटेको थिए तर जब हामी 'टशन' को सुटिङ गरिरहेका थियौ तब केहि नयँ मोड आयो । मलाई सैफसँग प्रेम भयो । उनि निकै आकर्षक थिए । म उनको लागि पागल भए । हामी राम्रा राम्रा कुरा गर्थ्यौ र हाम्रो राम्रो सम्बन्ध बन्यो । उनि म भन्दा १० बर्ष जेठा छन् । उनका दुई सन्तान पनि छन् । तर उनि मेरा लागि सैफ मात्र हुन् ।'

करीनाले भनिन्, 'केहि समय डेट गरिसकेपछि सैफले भनेका थिए उनि २५ बर्षका युवक होइनन् र सधै मलाई घरसम्म छोड्न सक्दैनन् ।  सैफले मेरो आमासँग भनेका थिए उनि आफ्नो पुरा जिवन मसँग बिताउन चहान्छन् । त्यसपछि हाम्रो विवाह भयो ।'

केहि बर्ष डेटपछि सैफ र करीनाले १६ अक्टोबर २०१२ मा विवाह गरेका थिए । यसभन्दा पहिले सैफ अली खानले अमृता सिंहसँग विवाह गरेका थिए । उनिहरु बिच सम्बन्धविच्छेद भएको थियो । सैफ र अमृताका दुई सन्तान रहेका छन् सारा अली खान र इब्राहिम अली खान। करीना कपूर खानबाट सैफको एक छोरा रहेका छन् तमूर भने अर्को सन्तानको तयारीमा रहेकी छन्।

अभिनेत्री करीना कपूरको एक बानी भने निकै अचम्मको छ । बाल्यकालमा करीनाले नङ चुस्ने भएको कारण उनको नङमा आमाले खुर्सानीको धुलो हाल्ने गर्थिन् । बानीको खुलासा गर्दै करीना भन्छिन्, 'मलाई याद छ मेरी आमाले मेरो नङमा खुर्सानीको धुलो लगाइदिनुहुन्थ्यो ताकि म मेरो नङ नचुसु । तर यो त्यस्तो बानी हो , जसलाई म त्याग्न सक्दिन।'

करीनाको आमा बबिता कपूर हुन् । बलीउडका कपूर खानदानकी बुहारी बबिताका अभिनेता हरि शिवदसानीकी छोरी हुन् । बबिताले  ‘राज’, ’फर्ज’, ’हसीना मान जाएगी’, ’आज, कल और आज’, ’किस्मत’, ’एक श्रीमान एक श्रीमती’, ’डोली’, ’अनमोल मोती’, ’अंजाना’, ’पहचान’, ’जीत’ सहित धेरै फिल्ममा काम गरेकी छन् । १९७१ मा बबिताले राज कपूरका जेठा छोरा रणधीर कपूरसँग बिबाह गरिन् ।

दुबैबाट कान्छि छोरीको रुपमा जन्मिएकी करीना कपूर बाल्यकालदेखि नै फिल्मको सेटहरूमा जाने गर्थिइन्। अमिताभ बच्चनको फिल्म 'पुकार' को सेटमा  करीना आफ्नो बुबा रणधीर कपूरसँग फिल्मको सेटहरूमा पुग्ने गरेकी थिइन् ।

एक सादा तस्विरमा श्वेता बच्चन र करिश्मा कपूर पनि देखिन्छन्। अमिताभ बच्चनले केही समय अघि फिल्म 'पुकार' को सेटको पुरानो तस्वीर शेयर गरेका थिए। फोटो शेयर गरेर अमिताभले भनेका थिए, 'करीना आफ्नो बुबासँग सेटमा आउँथिइन् । यो सेट गोवाको हो । उनको खुट्टामा चोट लागेको थियो। यसपछि, मैले उनलाई औषधि लगाइदिए।'

फिल्मा सुरुवाती दिनमा करीनालाई कोरियोग्राफर सरोज खानले सेटमा गाली गर्थिए । सो समय करीना डराउँछिन् । सरोज खानले  उनलाई यी केटीले कम्मर हल्लाउँदै रातभर के गर्दैछिन् भन्दै गाली गर्थे । त्यसपछि करीना एक मास्टरले हप्काउदा विद्यार्थी थुरुरु भए झै हुन्थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ