arrow

बाँकेमा सोमबार ५२ संक्रमित थपिए

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
bheri-hospital.jpg

नेपालगन्ज । बाँकेमा सोमबार ५२ जना कोरोना संक्रमित थपिएका छन् । 

भेरी अस्पतालमा गरिएको परिक्षणमा ४३ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा ८ जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

थपिएका अधिकांश नेपालगन्जका हुन् । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५१ पुगेको छ । 

हालसम्म १ हजार २ सय ५० जना निको भएका छन् । ११ जनाको भने मृत्यु भइसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ