arrow

कोहलीको बैंगलोरको विजयी सुरुवात

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
ipl-bangalore.jpg

काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

दुबईमा सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले विजयी सुरुवात गरेको हो ।

बैंगलोरले दिएको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।

हैदराबादका लागि जोनी बेयरस्टोले ६१, मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन बनाए ।  हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम डुबे र नाभदिप सैनीले २–२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ५ विकेटको नोक्सानीमा १ सय ६३ रन बनाएको थियो । डेभदत्त पडिक्कलले ५६ तथा एबी डी भिलियर्सले ५१ रन बनाए । कोहलीले १४ रन बनाए ।

हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १–१ विकेट लिए ।

अहिलेसम्म ३ खेल भएका छन् । जसमा चेन्नई सुपर किंगस, दिल्ली क्यापिटल्स र बैंगलोर विजयी भएका छन् । यसअघि मुम्बई इन्डियन्स र किंगस इलाभेन पञ्जाब पराजित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ