arrow

जोकोभिच र हालेपलाई इटालियन ओपनको उपाधि

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
djokovic-halep.jpg

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच र र रोमानियन खेलाडी सिमोना हालेपले इटालियन ओपन टेनिसको आ–आफ्नो विधाको उपाधि जितेका छन् ।

रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टाइन खेलाडी डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै सर्वियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन् ।

जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले । यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जित्न सफल भएका छन् ।

यस्तै ३३ वर्षीय जोकोभिचले सर्वाधिक धेरै मास्टर्स उपाधि जित्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

इटालियन ओपन जोकोभिचको ३६ औं मास्टर्स उपाधि हो । उनले स्पेनिश खेलाडी पूर्व नम्बर एक रफाइल नाडालको रेकर्ड तोडेका हुन् । 

यता, महिलातर्फको उपाधि हालेपले जितेकी हुन् । फाइनलमा चेक गणतन्त्रकी कारोलिना प्लिसकोभाबाट वाकओभर पाएपछि सिमोनाले उपाधि जितेकी हुन् ।

प्लिसकोभाले चोटका कारण वाकओभर दिनु अघि हालेपले पहिलो सेट ६–० ले जितेका थिए । यस्तै दोस्रो सेटमा समेत २–१ ले अघि रहेकी थिइन् ।

पूर्व विश्व नम्बर एकसमेत रहेकी सिमोनाले पहिलो पटक क्ले कोर्टमा खेलिने इटालियन ओपन जितेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ