arrow

राज सायमीको उपन्यास पामिलाको अडियो बुक सार्वजनिक, सुरजवीरको स्वर 

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
pamila.jpg

काठमाडौं । नेपालभाषाका लोकप्रिय उपन्यासकार राज सायमीको सामाजिक उपन्यास ‘पामिला’को अडियो बुक सार्वजनिक भएको छ । 

कुतः पिकाकःले आफ्नो २३८ औं प्रकाशनका रुपमा २ बर्षअघि यो उपन्यास सार्वजनिक गरेको हो । 

समाजको कारुणिक चित्रण रहेको उपन्यास ‘पामिला’को अडियो बुकमा रेडियोकर्मी सुरजवीर बज्राचार्यको आवाज रहेको छ । निर्माण पनि उनले नै गरेका हुन् । 

जासुसी उपन्यासको क्षेत्रमा स्थापित सायमिको ‘योम्ह शत्रु’, ‘मखुगु रहस्य’, ‘ग्यानापुगु छेँ’, ‘कनेमज्यूगु बाखं’, ‘मुसुकाःगु ख्वबि’, ‘न्ह्यायेदुगु सर्गः’, ‘मृत्यु महल’ र नेपाली भाषाको ‘पर्दाभित्रको रहस्य’ प्रकाशन भइसकेका उपन्यासहरु हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ