arrow

सत्र सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ६ मंगलबार
gold-jewellery.jpg

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार कायम रहेको मूल्यबाट प्रतिताेला १७ सय रुपैयाँका दरले घटेको हो ।


सोमबार ९७ हजार २ सय रुपैयाँ प्रतितोलाका दरले रहेको छापावाल सुनको मूल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँ प्रतितोलामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कोरोबार भइरहेको संघले जानकारी दिएको छ ।
यसअघि सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६  हजार ७ सय रुपैयाँका दरले रहेको थियो ।


मंगलबार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेकाे छ ।

महासंघका अनुसार सोमबार प्रतितोला १३ सय २० रुपैयाँका दरले रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ३० रुपैयाँका दरले कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ