arrow

मनपरी शुल्क लिने विद्यालयलाई कारबाही गर्न १४ विद्यार्थी सङ्गठनको माग

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
school-new-p.jpg.jpeg
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले मनपरी शुल्क लिने विद्यालयमाथि कारबाही गर्न माग गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाएको छ । 
 
विभिन्न १४ विद्यार्थी सङ्गठन सम्मिलित उक्त सङ्गठनले तीनदिनभित्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेको छ । 
 
विद्यार्थी नेता आरसी लामिछानेले मन्त्रालयले गठन गरेको अनुगमन समितिको काम कारबाही आफूहरुलाई चित्त नबुझेको बताउँदै अझै विद्यालयले मनपरी ढङ्गले शुल्क असुली गरिरहेको जानकारी दिए । 
 
अनुगमन गरिएको डिएभी, ग्यालेक्सी, सिद्धार्थ वनस्थलीलगायतका १० विद्यालयको नामसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 
 
उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले यस विषयमा आफू गम्भीर रहेको बताउँदै प्याब्सन तथा एनप्याब्सनलाई शिक्षा निर्देशिका लागू गराउन दिने प्रतिबद्धता व्यक्त गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ