arrow

कोरोना उपचार र ब्यबस्थापनमा खटिएका भेरी अस्पतालका मेसु डा थापालाई संक्रमण

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असोज ६ मंगलबार
prakash-thapa.PNG

नेपालगञ्ज । कोरोना उपचार र ब्यबस्थापन दिनरात लागि पर्नुभएका भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापालाई कोरोना संक्रमण भएको छ । 

विरामीको उपचार र व्यवस्थापनमा खट्दाखट्दै उनी स्वयं संक्रमित हुन पुगेका छन्। अस्वस्थ भएपछि सोमबार उनले स्वाब दिएका थिए । मंगलबार रिपोर्ट पोजिटिभ आएको छ ।

"हिजो ज्वरोसंगै खोकी लागेपछि स्वाब दिएँ, विहान रिपोर्टमा कोरोना देखियो," डा.थापाले हाम्राकुरासंग भने-"कोरोना देखिएपछि क्वाटरमै आइसोलेसनमा बसेको छु ।" कोभिड-१९ नियन्त्रण र रोकथामका लागि अग्रणी भूमिकामा रहेका डा. थापाले आफू निको भएर छिट्टै पुनः विरामीको सेवामा फर्कने बताए ।

तीब्र गतिमा फैलिरहेको कोरोना संक्रमणबाट अछुतो रहन निकै गाह्रो भइरहेको अवस्था आएको भन्दै उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ