arrow

सहकारीको ब्याजदर घट्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ६ मंगलबार
sahakari-bibhag.jpeg

काठमाडौं । सरकारले सहकारीले लगानी गर्ने ऋणको ब्याजदर निर्धारण गरेको छ ।

सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सहकारीले गर्ने ऋण लगानीको अधिकमत ब्याजदर १४ दशमलव ७५ प्रतिशत निर्धारण गरेको हो । उक्त ब्याजदर आगामी १५ कार्तिकदेखि कार्यान्वयनमा आउने छ ।

सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम ब्याजदर १४ दशमलव ७५ प्रतिशत निर्धारण गरेको हो ।

ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा कम रहने गरी सन्दर्भ ब्याजदर तोकिएको सहकारी विभागको रजिष्टार डा. टोकराज पाण्डेले जानकारी दिए ।


गत वर्षको साउन १९ गते देखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम गरिएको थियो ।

उक्त निर्णय पुनरावलोकन गर्दै सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले नयाँ ब्याजदर निर्धारण गरेको हो ।

सरकारले सहकारी संस्थाहरुको ब्याजदर कायम गर्न सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत संघहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको गठन गरेको थियो ।

समितिले प्राविधिक उपसमितिको समेतमा छलफल गरि ऐन तथा नियमावलीको व्यवस्थाअनुसार ब्याजदर निर्धारण गरेको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ