arrow

जि ७ को सम्मेलन जापानी सांस्कृतिक सहरमा सुरु

सम्मेलन विश्व आर्थिक नीति र जापानको ओकिनवामा रहेका अमेरिकी सेनाको बारेमा केन्द्रित रहने

logo
प्रकाशित २०७३ जेठ १३ बिहिबार
g7-leadears.jpg.jpeg
इजे (जापान) । विश्वका औद्योगिक राष्ट्रहरुको संयुक्त संगठन जि७ को सम्मेलन जापानी पुरानो सहर इसेमा बिहीबार सुरु भएको छ । जापानको सांस्कृतिक एवम् पुरानो सहर इसेमा बिहीबार सुरु भएको सो बैठकमा वर्तमान विश्व आर्थिक नीति र जापानको ओकिनवामा रहेका अमेरिकी सेनाको बारेमा केन्द्रित हुने बताइएको छ । 
 
जापानी संस्कृतिको उद्गम स्थल मानिने सो सहरमा जापानको पुरानो परम्पराको पहिचान गराउन नेताहरुलाई सो संस्कृति देखाउनका लागि सो स्थानमा उक्त सम्मेलनको आयोजना गरिएको जापानी प्रधानमन्त्रीले बताएका छन् । 
 
उनले जापानको पुरानो धर्म र परम्परा सिन्तोको पहिचानका लागि विभिन्न योजनाहरु पनि ल्याएका छन् । प्रधानमन्त्रीले आफू सत्तामा आउदा नै सन् २०१२ को पछिल्लो समयमा यो संस्कारको प्रवर्धन गर्ने बताएका थिए । 
 
उक्त सम्मेलनको सुरुमा सार्वजनिक गरिएको सूचनाअनुसार यस सम्मेलनमा नेताहरुले विश्वको अर्थतन्त्र, राजनीतिक परिवेश, आतङ्कवादका कारण विश्वमा परेको प्रभाव र यसका विरुद्धमा लड्न तय गरिने विधिहरुका बारेमा छलफल गर्नेछन् । 
 
साथै उक्त सम्मेलनमा कोरियाली प्रायद्वीपमा बढ्दो तनाव, क्षेत्रीय र विश्व राजनीति एवम् जलवायु परिवर्तनका बारेमा पनि छलफल गरिने प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।  यो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । यस सम्मेलनपछि संयुक्त प्रेस विज्ञप्ति पनि जारी गरिने जनाइएको छ ।
 
यसअघि जापानको दक्षिणी टापू ओकिनवाका कम्तीमा पनि चार हजार नागरिकले बुधबार मात्र अमेरिकाका विरुद्धमा प्रदर्शन गरेका थिए । ओकिनवा जिल्लाकी एकजना स्थानीय महिलालाई ओकिनवामा रहने अमेरिकी पूर्व सैनिकले गरेको हत्याका विरुद्धमा सो प्रदर्शन गरेका हुन् । 
 
बुधबार नै अमेरिकी राष्ट्रपति बाराक ओबामा जापान पुगेका छन् । ओबामालाई सन्देश दिने हिसाबले नै उक्त विरोध प्रदर्शन गरिएको स्थानीयले जनाएका थिए ।  प्राप्त अर्को एक समाचारमा बुधबार राति नै अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो अबेबीच भेटवार्ता भएको थियो । 
 
सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ओबामाले उक्त हत्याप्रति दुःख व्यक्त गरेको पनि समाचारमा जनाइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ