arrow

क्वात्रा र ज्ञवालीले शुभारम्भ गरे शिक्षा क्षेत्रमा समर्पित वेभसाइट

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
post-earthquake-edu-project-indo-nep.jpg

काठमोडौं। भूकम्पपछि शिक्षा क्षेत्रमा भएका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा संयुक्त रुपमा शुभारम्भ गरेका छन्।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा भर्चुअल समारोहमार्फत वेभसाइटको शुभारम्भ गरेका हुन्। भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा बिषयमा तयार पारिएको एक डेडिकेटेड वेबसाइटको शुभारम्भ गरेका हुन्।

भारत सरकारको सहायतामा भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरुका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध हुने भारतीय दुतावासले जनाएको छ। 

goicbrinepal.com मा गएर परियोजना सम्बन्धी जानकारी लिन सकिनेछ। उक्त वेबसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो। वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो। आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्युनीकरण जस्ता क्षेत्रहरुमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान रहेको दुवावासले जनाएको छ।

शिक्षा क्षेत्रका परियोजनाहरुमा यी संस्थानहरुको भूमिकापश्चात केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीलाई भारत सरकारले नेपालमा आएको भूकम्पपछिको पुनर्निर्माण प्रयास अन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाहरुका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा पनि नियुक्त गरिएको थियो। स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर गरिएको पनि दुतावासले जनाएको छ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन्। विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरु मध्ये ४६ हजार घरहरु निर्माण भइसकेको छ। ७० वटा विद्यालयहरु, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्थापना परियोजनाहरु पुनर्निर्माण/रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका छन्।

भारत सरकार भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न प्रतिबद्घ रहेको समेत दुतावासले विज्ञप्ती मार्फत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ