arrow

म विचौलियाबाट नाच्ने नर्तक

logo
डा चन्द्र भण्डारी
प्रकाशित २०७७ असोज ७ बुधबार
chandra-bhandari-congress.jpg

म चिन्दिन ।
म जे हुँ, जे मा रहन चाहन्थेँ त्यसमा बाँचिरहेको छैन ।
म नेता हुँ तर नेताको संस्कार र चरित्र छैन ।
म अरुलाई न्याय दिने न्यायालय हुँ तर न्याय छैन ।

म ब्यवस्थापिका संसद हुँ तर जनताको आवाज बोल्ने ठाउँ बनेन ।
म जनताबाट अनुमोदित शासक हुँ तर जनतालाई चिन्दिन ।
म संविधान निर्माता हुँ तर संविधानकै मर्म बुझ्दिन ।
म त केवल विचौलियाबाट नाच्ने नर्तक हुँ ।

त्यसैले त म मेरो देशको इतिहासको मतलब बुझ्दिन ।
म पदको लाचारी हुँ त्यसैले त स्वभिमानलाई चिन्दिन । 
म देशको नाममा कलंक हुँ !  विचौलियाको पुच्छर  हुँ ।
त्यसैले त म आफैंलाई चिन्दिन ।
(कवि भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ