arrow

स्याङयोङ्ग माटर्सद्धारा ‘सुपर डिस्काउन्ट’,‘कोभिड वारियर्स’लाई थप छुट

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
ssangyong-ims-motors.jpg

काठमाडौं। नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ ल्याएको छ। आइएमएस मोटर्सले प्रेस विज्ञप्ति जारी गर्दै यो डिस्काउन्ट अफर अन्तर्गत ग्राहकहरुले कोरियन लग्जरी एसयुभी, एक्सएलभीमा तीन लाख रुपैयाँ छुट पाउने उल्लेख गरेको छ।

त्यसैगरी ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरे बापत दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने जानकारी दिएको छ। कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप एक लाख रुपैयाँ डिस्काउन्ट दिइने जनाएको छ। साथै आइएमएस मोटर्स स्याङयोङ्गले ग्राहकहरुलाई अन्य अफरहरुसमेत प्रदान गरेको जनाएको छ। 

ती अफरहरुमा एक वर्ष निःशुल्क बिमा, २५,००० बराबरको निःशुल्क एसेसोरिज, सात बर्ष सजिलो फाइनान्स, तीन बर्ष वारेन्टी, निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्षसम्म) रहेका छन्। कम्पनीले यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गतेदेखि असोज २० गतेसम्म मात्र हुने जनाएको छ।

कस्तो कम्पनी हो स्याङयोङ्ग ?
कम्पनीका अनुसार स्याङयोङ्ग दक्षिण कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो। सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीका गाडीहरु आफ्नो आधुनिक स्टाइल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन्। जसको मुल कारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन्। उनीहरुका अन्य मोडलहरु जस्तै एसयुभीस्, पिकअप ट्रक्स र एमपीभीस् रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ