arrow

सुनको मूल्य १२ सय रुपैयाँले घट्यो, २ दिनमा २९ सयको गिरावट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ७ बुधबार
gold-jewellery.jpg

काठमाडौं । मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १२ सय रुपैयाँ प्रतितोलाका दरले घटेर छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबारको तुलनामा १७ सय रुपैयाँले घटेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ रहेको थियो ।

बुधबार १२ सय रुपैयाँले गिरावट आएसँगै सुनको मूल्यमा २ दिनमा २९ सय रुपैयाँले गिरावट आएको छ ।

यसअघि सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ प्रतितोला रहेको थियो ।


बुधबार नेपाली बजारमा तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ ।

यसअघि मंगलबार तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ प्रतितोला रहेको थियो ।

मंगलबार ९० रुपैयाँ प्रतितोलाका दरले घटेको चाँदीको मूल्य बुधबार पनि घटेको छ ।

महासंघका अनुसार बुधबार ४० रुपैयाँ प्रतितोलाका दरले चाँदीको मूल्यमा गिरावट आउँदै ११ सय ९० रुपैयाँ प्रतितोला कामय भएको छ ।

यसअघि चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ३० रुपैयाँ र सोमबार प्रतितोला १३ सय २० रुपैयाँ रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ