‘सार्वजनिक सवारीमा यात्रा गर्दा खाना घरबाटै बोक्नु’
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ७ बुधबार
639
Shares
काठमाडौं । सार्वजनिक सवारीमा यात्रा गर्दा खान घरबाटै बोक्न सरकारले अपिल गरेको छ ।
यातायात व्यवस्था विभागले अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गर्दै यात्रा गर्नै परे खाना घरबाटै बोक्न अनुरोध गरेको हो ।
विभागले एक अपिल जारी गर्दै खाना तथा खाजा सकेसम्म आफैंले घरबाट नै प्याकिङ गरी सातमा लिएर हिँड्न अनुरोध गरेको हो । ‘यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुयाउनु सम्बन्धित सबै पक्षहरुको जिम्मेवारी रहेको हुँदा यात्राको क्रममा जाथाभावी खाना तथा खाजा खाद्या, सवारी साधन चढ्दा वा झर्दा, अनावश्यक यात्रा गर्दा कोभिडको संक्रमण फैलिन सक्ने जोखिम रहने हुँदा यात्रुहरुले यात्राको क्रममा आफुलाई आवश्यक पर्ने खाना तथा खाजा सकेसम्म आफैंले घरबाट नै प्याकिङ गरी साथमा लिएर हिँड्न अनुरोध छ’ अपिलमा उल्लेख गरिएको छ ।
साथै सडक वरिपरि सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुले समेत यात्रुहरुलई स्वच्छ खाना तथा खाजा प्याकिङ गरी उपलब्ध गराउन अपिलमार्फत अनुरोध गरिएको छ ।