arrow

हाईड्रोका सुपरभाइजर करेन्ट लागेर पोलमै झुण्डिएको भेटिए

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
electricity-cut.gif

ओखलढुङ्गा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु भएको हो ।

मोलुङ हाईड्रोको हाईटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका–१२ को भडारेमा पोलमा चढ्दा विद्युत् सर्ट भई करेन्ट लागेर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । 

मृतावस्थामा विद्युत्को पोलमा झुण्डिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । 

मुचुल्का गरी खत्रीको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ