arrow

कपिलवस्तुमा ३७ केजी चरेससहित २ महिला पक्राउ

logo
मणि प्रसाद गैह्रे,  
प्रकाशित २०७७ असोज ७ बुधबार
Mahila-Pakrau.jpg

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३७ केजी चरेस बरामद गरेको छ । सुटकेस र शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिला समेत पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा पक्राउ गरेको  हो । 

प्रक्राउ पर्नेमा मकवानपुर मनोहरी गाउपालिका वडा नं ०९ बस्ने बर्ष ४० की शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाविस वडा नं ५ घर भई हाल कपिलवस्तुको शिवराज नपा ०९ बानियाभर बस्ने बर्ष ३५ की बसन्ती घर्ती रहेका छन ।  उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागु औषध चरेश ३७ केजी बरामद गरिएको प्रहरी निरिक्षक  प्रताप पौडेलले बताए । 

यसै विच कपिलवस्तु प्रहरीले सोमवार यशोधरा ७ मर्यादपुर बाट लागु औषध सहित २ भारतीय नागरिक पक्राउ गरेको थियो । ब्राउन सुगर बिक्री गर्ने उद्धेश्यले सिमावर्ती वजार मर्यादपुर पुगेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सुराकीको आधारमा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला  सोहरतगढ बस्ने वर्ष २५ को नियाज धुनिया र वर्ष २० को अजमेरी धुनिया रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर वरामद गरेको छ । धागोले बेरीएको अवस्थामा ८ वटा पोका बनाई प्लास्टिकमा राखी लुकाएर ल्याएका थिए । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न सुरु गरीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ