arrow

विद्युत प्राधिकरणले भन्यो– ‘लोडसेडिङ भयो भन्नु अफवाह हो’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ७ बुधबार
nea.jpg

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ भयो भन्ने सुन्नमा आएकाले त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न खोजेको छ ।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै प्रतिकुल मौसमको कारण कुनै कुनै स्थानमा विद्यु आपूर्तिमा समस्या आएको बताउँदै त्यसैलाई जोडेर लोडसेडिङ भयो भनेर अफवाह सुन्नमा आएकाले त्यसमा कुनै सत्यता नरहेको प्राधिकरणको भनाई छ ।

समस्याको सामाधान एवं निराकणका लागि विद्युत आपूर्ति विच्छेद गर्दुपर्ने भएकाले आपूर्ति निर्धारित समय अवरुद्ध हुने गरेको भन्दै प्राधिरणले विद्युतको आपूर्ति नियमित गर्न प्राधिकरण प्रतिबद्ध रहेको जनाएको छ ।

यसअघि गत २८ भदौमा प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएको थियो ।

उनको कार्यकाल सकिएपछि लोडसेडिङ भएको भन्दै समाजिक सञ्जालमा चर्चा हुने गरेको छ ।

हेर्नुस् प्राधिकरणको सूचना:
नेपाल विद्युत प्राधिकरणको प्रशारण एवम् वितरण लाईनको सञ्‍चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महशुल र भुक्तानी सम्वन्धमा उपभोक्ता महानुभावहरुले हालैको समयमा देखाउनु भएको चासो र चिन्ताको सम्वन्धमा प्राधिकरण सजग रहेको छ।

विद्युतको प्रशारण तथा वितरण संरचना जमिन माथि (ओभर हेड)बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको छ।

नियमित रुपमा गर्नु पर्ने मर्मत संभार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा  विद्युत आपूर्ति बिच्छेद गर्नु पर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने  गर्दछ।

यस्ता समस्याहरुको निराकरण तथा सुधार गर्दै नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध छ।

यदाकदा विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडी अव लोडसेडिङ्ग हुन थाल्यो भन्‍ने जस्ता अफवाह पनि सुनिने गरेकोले त्यसमा कुनै सत्यता नभएको, त्यस्तो अवस्था नरहेको व्यहोरा अनुरोध गर्दै  प्राधिकरण आम उपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ