arrow

प्रदेश १ मा एकानब्बे जनामा संक्रमण

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
covid-test-positive-corona.jpg

विराटनगर । प्रदेश न १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमा ४६ महिला र ४५ पुरुष छन् । 
    
थपिएका संक्रमितमा मोरङ्मा ४२, सुनसरीमा ३७, झापामा चार, पाँचथरमा दुई, ताप्लेजुङ र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार विराटनगरमा ११ महिला र १३ पुरुष, पथरीशनिश्चरेमा तीन महिला र तीन पुरुष, जहदामा तीन महिला र तीन पुरुष, सुन्दरहरैचामा एक महिला र दुई पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २४ महिला र सात पुरुष, दुहवीमा दुई महिला र दुई पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष, झापाको गौरादहका एक पुरुष, स्थानीय तह नखुलेका तीन पुरुष, पाँचथरको फालेलुङमा दुई पुरुष, ताप्लेजुङमा एक पुरुष, तेह्रथुमको छथरमा एक पुरुष र प्रदेश  बाहिरका दुई महिला र दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ । 

यसप्रदेशमा हालसम्ममा पाँच हजार ९५० जना संक्रमित भएका छन् भने दुई हजार ६१९ जना डिस्चार्ज भएका छन् । 

पछिल्लो २४ घण्टामा ८०८ जना सहित आजसम्ममा एक लाख १८ हजार ६९६ जनाको पिसिआर परीक्षण यसप्रदेशमा भइसकेको मन्त्रालयले जनाएको छ । ---



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ