arrow

गण्डकी : बाह्र सयबढी संक्रमित, ३२ जनाको मृत्यु

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
gandaki-province-pradesh.jpg

गण्डकी । गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थपिएका छन् । 

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
    
थपिनेमा तनहुँका ११, बाग्लुङका आठ, कास्कीका पाँच, पर्वतका चार र स्याङ्जाका तीन जना छन् । 

प्रदेशमा हालसम्म ६४ हजार ८९५ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । 

संक्रमितमध्ये दुई हजार ३२९ निको भएका छन् भने एक हजार २१८ जना सक्रिय संक्रमित छन् । 

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशमा ३२ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ