arrow

राजपरिवारसहितको आरोहण टोली काठमाडौँमा नै रोकिए

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
bahrain-prince_nasser_bin_hamad_al-khalifa.jpg

काठमाडौँ । मौसम प्रतिकूल बन्दा बहराइनी राजपरिवारसहितको टोली खुम्बु आउने कार्यक्रम प्रभावित भएको छ ।

हिमाल आरोहणका लागि राजपरिवारसहितको टोली बुधबार विमानमार्फत लुक्ला जाने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौँमा नै रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले जनाएको छ ।

समिट एयरमार्फत राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली लुक्ला आउने कार्यक्रम तय भए पनि मौसम प्रतिकूल हुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा बुधबार कुनै उडान नभएको कार्यालयले जनाएको छ ।

खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार गत बुधबार नेपाल आएका थिए । राजकुमारको टोली शेख इशा एअरवेजको विशेष विमानमार्फत गत बुधबार काठमाडौँ आएको थियो । टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन  बेलायती  रहेको बताइएको छ ।

विश्वव्यापी कोरोना महामारीका बीच लामो समयपछि मङ्गलबार दुई जर्मनेली खुम्बु भित्रिएका छन् । उनीहरु काठमाडौँबाट पिसिआर परिक्षण गराएर विमानमार्फत खुम्बु आएको गाउँपालिकाले जनाएको छ । लामो समयपछि खुम्बु आएका विदेशी पर्यटकलाई खुम्बुबासीले स्वागत गरेका थिए ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्रसमेत बन्द गरिएपछि थलिएको खुम्बु क्षेत्रको व्यवसाय फस्टाउने आशा जागेको व्यवसायीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ