arrow

हुम्लामा स्थानीयहरुलाई लक्षित गरि माउण्टेन फ्लाईट शुरु

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ असोज ७ बुधबार
humla-mountain-flight.jpg

हुम्ला। हुम्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलवारबाट माउण्टने फलाईट शुरु गरिएको छ। कोरोना कहरका कारण पर्यटन व्यवसाय धरासायी भइरहेको बेला हुम्लामा समीट एयरले माउण्टेन फलाईट सुरु गरेको हो।

कोरोनाका कारण जिल्लामा बाह्य पर्यटक नआए पछि आन्तरीक पर्यटकहरुलाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक पर्यटन व्यवसायी बिजय लामाको अगुवाई र समीट एयरको सहकार्यमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ माउण्टेन फ्लाईट सुरु गरेको पर्यटन व्यवसायी बिजय लामाले बताए ।

पछिल्लो समयमा जिल्लाका बिभिन्न ठाउमा रहेका पर्यटकिय स्थलहरु खार्पुनाथ, भिमदुला, दुधेदह, लडेदह, चाङला हिमाल, चुवाखोला, रल्लिङ गुम्बा, पञ्चमुखि, रानीसैना, यालवाङ्ग गुम्बा, लिमि भ्याली, लाप्चाबाट मानसरोवर, कैलाश दर्शनका लागि पैदलमार्गबाट घुम्न जाने आन्तरीक पर्यटक दैनिक बढ्न थालेपछि पर्यटकहरुको सुबिधाका लागि उक्त स्थानहरुको माउण्टेन पलाईटबाट अबलोकन गराउने उद्देश्यका साथ फलाईट सुरुवात गरेको निर्माण ब्यबसायि सुनाम लामाले बताए ।

मंगलबार दिउसो १ः ४० बजेबाट सुरु गरिएको पहिलो फ्लाईटमा हुम्लाबाट प्रतिनिधि सभाका सांसद छक्कबहादुर लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व पर्यटनमन्त्री एबं कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, हुम्ला प्रहरी प्रमुख डिएसपि सुर्यप्रकाश सुबेदी, कांग्रेस सभापती जयपती रोकाया, राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाका प्रमुख सबिता शाही, पर्यटन व्यवसायी बिजय लामा, निर्माण ब्यबसायि जर्न रावत र समिट एयरका सिमकोट स्टेसन प्रमुख गोबिन्द लामाले माउण्टेन फ्लाईट भरेका थिए। उनीहरुले पहिलो पटक खार्पुनाथ, भिमदुला, दुधेदह, लडेदह, चाङला हिमाल, चुवाखोला, रल्लिङ गुम्बा, पञ्चमुखि, रानीसैना, यालवाङ्ग गुम्बा, लिमि भ्याली, लाप्चाबाट मानसरोवर, कैलाशको दृष्याबोलोकन गरेका थिए ।

मंगलवार परीक्षण फ्लाईट गरेको भएपनि मौसमले साथ दिएपछि हुम्ला जिल्लामा रहेका बिभिन्न पर्यटकीयस्थल र हिमालको दृष्यावलोकन गर्न दैनिक रुपमा आन्तरीक पर्यटकका लागि माउण्टेन फ्लाईट गर्ने पर्यटन ब्यबसायि बिजय लामाले बताए । ४० मिनेटको उडानले हुम्ला जिल्लाका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने र यसले गर्दा हुम्लाको पर्यटन बिकासमा ठुलो टेवा मिल्ने पूर्व पर्यटनमन्त्री एवं कर्णाली प्रदेश सभाका प्रतिपक्षी नेता जीवनबहादुर शाहीले बताए।

चीनको तिब्बतमा अवस्थित बिश्व प्रसिद्ध धार्मिकस्थल कैलाश मानसरोवर, लिमि भ्याली, सैपाल हिमाल, चाङ्गला हिमाल, बिभिन्न ताल तलैया र झर्नाहरुसंग प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण मानिएको हुम्ला जिल्लाका प्रसिद्ध पर्यटकीय गन्तव्यको राष्ट्रिय अन्तर्राष्ट्रियमा प्रचार प्रसार गर्न सकेमा यसले हुम्लाकोमात्र नभएर देशकै अर्थतन्त्रमा ठुलो योगदान पुग्ने नेता शाहीले बताए ।

अवलोकन भ्रमणमा सहभागी प्रतिनिधि सभाका सांसद छक्कबहादुर लामाले पर्यटन व्यवसायी बिजयलामा र समीट एयरले हुम्लामा पहिलो पटक माउण्टेन फ्लाईट गरेर सह्रानीय कामको शुरुवात गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ